

काभ्रेपलान्चोक – यहीँ भाद्र ५ गते आइतबार लायन्स क्लब अफ गुल्मोहर, लियो क्लब अफ गुल्मोहर तथा मदिरा व्यवसायी संघ काठमाडौंले संयुक्त रुपमा आयोजना गरेको रक्तदान तथा निशुल्क स्वास्थ्य जाँच कार्यक्रममा सम्पन्न भएको छ ।

स्वास्थ जाच्दै ८६ प्रीन्ट रक्त संकलन भएको छ । क्लबका अध्यक्ष छमकला बुढाथोकी ( जोया) तथा मदिरा व्यवसायी संघका पदाधिकारीको उपस्थितिमा सम्पन्न भएको छ ।




कार्यक्रममा डिस्ट्रीकका चिफ एडभाइजर पार्वती खरेल पाण्डेको प्रमुख आथित्य एवं अग्रज लायन लिडरहरुको उपस्थितिमा सम्पन्न भएको थियो । लायन्स क्लब अफ गुल्मोहरका संस्थापक अध्यक्ष लायन सन्दीप क्षेत्री पराजुलीले पहिलो रक्तदान गरेर कार्यक्रम उद्घाटन गर्नु भएको थियो ।


लायन्स क्लब अफ गुल्मोहरका संस्थापक अध्यक्ष लायन सन्दीप क्षेत्री पराजुलीले आफ्नो जन्म दिनमा कल्बको तर्फ बाट केक काटेर जन्मदिन मनाइएको थियो । मानवीय सेवा कार्यमा आफ्नो अमुल्य रक्त दान गरेर अरुको जीवन बचाउन आउने सम्पूर्ण लाई धन्यवाद दिइयो थियो ।