नेपाली मोडलिङ क्षेत्रमा आफनो छुटटै पहिचान बनाउन सफल बहुमुखी प्रतिभाकी धनी मोडल हुन सारा श्रेष्ठ । विगत १ दशक देखी नेपाली कलाकारितामा उनले अभिनयको माध्यमबाट निरन्तर सेवा गरिरहेकी छन । हाम्रो नाता , दुई किनार , यो जुनी त तिम्रै हो , आउ गोरी , किन दुख्छ मुटु मेरो , परेली फकाई फकाई , कहाँ गयौ कता हरायौ लगायतका गीतहरुमा उनको अभिनय देख्न सकिन्छ । नेपालमा आयोजना गरिएको नेशनल इन्टरटेन्मेन्ट अवार्ड र नेपाली आर्ट एण्ड कल्चरमा आफनो अभिनय बाट अवार्ड हात पारेकी सारा सगँ अरबिन्द्र गौतमले गर्नुभएको कुराकानीको अंश 

आजकाल के गदै हुनुहुन्छ ?
आज भोली कलाकारितामा नै रहेको छुु । नयाँ सोचका साथ कलाकारितालाई अगाडि बढाउनेमा अभिनयको क्लास लिइरहेको छु । साथै आफनो दैनिक क्रियाकलाप अगाडी बढाइरहेको छु ।

कलाकारितामा तपाई कसरी प्रवेश गनुभयो नी ?
सानै उमेरदेखी उदयपुरमा हुदाँ विद्यालय स्तरका कार्यक्रममा पनि सहभागि हुन्थे विशेषत मलाई सानै उमेरमा रेडियो , टेलिभिजनमा बझने गीत संगितमा विशेष ध्यान जाने गर्थियो अनि सुरुमा रहरै रहरमा गित गाउने इन्छा जाग्दै गयो अनि पछि गएर नेपाली कला संगितमा पनि लाग्नुपर्छ है जस्तो महसुस भयो अनी आफुलाई आम दर्शकहरु सम्म पुयाउनुपर्छ भन्ने मोह बढदै गयो ।

तपाईको बाल्यकाल कहाँ वित्यो नी ?
उदयपुरको ताप्ली रानी पोखरीमाबाल्यकाल वित्यो । म सानै उमेर देखी ज्यादै चन्चले प्रकारको केटि भएर होला सवै सगँ मिलि हाल्ने र प्रतियोगितात्मक कार्यक्रमको कुरा सुन्ने वितिकै सहभागि हुने हकि स्वभावको बानी थियो मेरो । सानै देखी हरेक सास्कृतिक कार्यक्रममा आफु सहभागी बन्ने चाहना थियो र सहभागी बन्थे ।
मोडलिङ्गमा लाग्ने सोच कहिले बन्यो र कहाँ बाट सुभारम्भ भयो     म सानै देखि अतिरिक्त क्रियाकलापमा सकृय थिए, गीत गजल बक्तित्वकला बादबिबाद हाजिरीजबाफ आदि इत्यादिमा सधै पुरस्कृत भैरहन्थे, मोडलिङ्गमा लागौ भन्ने सोच त थिएन तर नाम हुने सबैले चिन्ने काम गर्छु भन्ने थियो ,त्यसै क्रममा काठमान्डौमा रहेका साथीहरुको प्रेरणमा मोडलिङ प्रति जोस बढेर आयो पछि मोडलिङ सिक्नको लागी रहर लाग्यो अनि कलाकारिता क्षेत्रमा लाग्ने निर्णय गरे । 

प्राय लेडिज कलाकारहरु अलिक धमण्डी हुन्छन रे ?
हा हा हा मानिसमा हरेक कुराको धमण्ड त हुन्छ नै । तर म अरु जस्तो धमण्डि बानि व्यावहार चै छेैन । अलिक मिलनसार भएर होला सवैको माया , ममता र स्नेह मैले पाएको छु ।

यहाँ द्वारा अभिनय गरिएको पहिलो गीत कुन हो ?
म द्धारा अभिनय गरिएको हाम्रो नाता जुन गीत नेपाली मिडियामा राम्रो सगँ छाप पार्न सफल भयो । र आगामी दिनमा पनि संगितमा लागेर केही गर्न सकिने आधार बन्ने गीत बन्न सफल भयो । जुन गीतबाट मैले मेरो कलाकारिता यात्रालाई अगाडि बढाएर आजको समय सम्म पनी निरन्तर लागी परेको छ ।

निकै सुन्दर हुनुहुन्छ प्रेम प्रस्ताव कतिको आउछ नी ?
दिन दिनै नयाँ नयाँ साथी हरुले प्रेम प्रस्ताव राख्नुहुन्छ तर तर यस विषयमा मैले खोजे अनुसारको मानिस चै हालसम्म पाएको छैन । कलाकारिता क्षेत्रमा नयाँ काम गरेर आफनो छुटटै स्थान बनाउ भन्ने सोचमा रहेकी छु ।

तपाई प्रेममा कतिको विश्वास गर्नुहुन्छ ?
म प्रेममा धेरै विश्वास गर्छु । हामी कलाकार भएपछि सवैले माया गर्नुहुन्छ त्यसलाई हामीले सकारात्मक रुपमेै लिनुपर्छ होला जस्तो मलाई लाग्छ ।

तपाई कस्ताो साथी मन पराउनुहुन्छ ?
मलाई असल साथी धेरै मनपर्छ मनपर्छ । यस्तो उस्तो भन्ने कुनै क्राइट एरिया चै छैन मेरो लागी जो साथी सुख का साथै दुखमा पनि सहयोगको भावना होस त्यस्तो साथी मलाई औधि मनपर्छ ।

मेकअपमा कतिको खर्च हुन्छ ?
लेडिज हुँ सामान्य खर्च भै हाल्छ नी हेैन र । तर अनावश्यक फजुल खर्च गर्ने बानि चै छैन मेरो । हामीले प्रकृतिले दिएको देनमा रमाउनुपर्छ जस्तो लाग्छ ।

आफ्ना श्रोता तथा दर्शकहरुको राती कत्तिको फोन आउँछ ? अनि कतिको मोवाइलमा खर्च गर्नुहुन्छ ?
म मोडलिङ क्षेत्रमा क्रियाशिल भएकाले होला फोन त सुभचिन्तकको आइनै हाल्छ । मेरो कामलाई डिस्टव हुने गरि चै आएको छैन । आफु पनि फुसर्दको समयामा अनाथ आश्रममा क्रियाशिल हुने भएकाले होला त्यति बास्ता हुदैन । मोवाइल बोके पछि सामान्य खर्च त भै हाल्छ नी हौन मासिक ८०० लाग्छ मेरो ।

राती राती आफ्ना शुभचिन्तक बाट फोन आइरहदा घरमा सदस्यको प्रतिक्रिया कस्तो आउछ ?
राति कहिले काहि अलिक बढि नै कल आउने गर्छ कहिले काहि दिक्क महशुस पनि हुन्छ तर साथी हरुले आल सम्म अफटयारो हुने किसिमले चै कल गर्नु भएको छैन । मेरो परिवारले मोडलिङ क्षेत्रलाई बुझेको कारणले पनी होला मैले त्यस किसिमको समस्या नै पर्ने गरि चै अफटयारो भोग्नु परेको छैन ।

कलाकारिता क्षेत्रको श्रीबिध्दिको लागि राज्यले कलाकारको लागी कस्तो भुमिका निर्वाह गर्नुु पर्छ ?
कलाकारिता क्षेत्रको विकाशको लागी सर्वप्रथम त राज्य बाट नै नव कलाकार र ख्याति प्राप्त कलाकारका पिडा बुझने गरि कानुन को आवश्यकता देख्छु । जुन लोक परम्परा मा आधारित रहेर आफनो कला यात्रा गरिरहनुभएको छ । त्यसलाई सम्मान गर्नुपर्छ जस्तो लाग्छ । नेपाली सुगम संगीतमा पनी मौलिक पनलाई टेवा दिने किसिमको गीत संगीतहरु ल्याउनुपर्छ जस्तो लाग्छ ।

मिडियाको भुमिका ?
मिडिया भनेको राज्यको चौथो अंग हो । त्यस कारण हरेक गित संगितलाई समावेशी तरिकाबाट लोक गीत , आधुनिक गीत, पप गीत सवै गित प्रति समान धारणका साथ आफनो प्रकाशन तथा प्रसारण गृहबाट यथासम्भव साथ दिनुपर्छ । साथै कलाकारितालाई विकृतिको रुपमा नलिएर हामीले आफनो परम्पराको रुपमा लिनुपर्छ ।

भाग्य र कर्ममा बिस्वास बढी कुन गर्नुहुन्छ ?
म दुबैलाइ उत्तैकै बिस्वास गर्छु , कर्म गरे भाग्य ढिलो चाडो अबश्य बन्नेछ ।

अन्तमा हाम्रा पाठकहरुलाइ छुटेका कुरा केही भन्न चाहानु हुन्छ ?
तपाईहरुको आत्मीय साथ र सहयोगको लागी धेरै धेरै धन्यवाद दिन चाहन्छु साथै तपाईहरुको यो मिडियाको अझ प्रगती को लागी शुभकामना दिन चाहन्छु । नेपाली गित संगितलाई माया गर्नुहोला र नव प्रवेशी लाई पनि साथ र सहयोग दिनुहोला भन्न चाहन्छु ।

धन्यवाद हामिलाइ महत्वपूर्ण समय उपलब्ध गराइदिनु भएकोमा ।
तपाई लगायत तपाई क्रियाशिल मिडियालाई लाई पनि धेरै धेरै आभार प्रकट गर्दछु , मेरो मनको तिता मिठा गन्थनको पोको फुकाउनी मौका दिनु भएकोमा, यो नव क्षितिज पत्रिकाले सबैको मन जितोस ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly