शान्तिप्रियको मौलीक तीज गीत छुनुमुनु गर्दै… सार्वजनीक भएको छ । सीसी नेपाल च्यानलबाट गीत सार्वजनीक भएको हो । नेपाली मौलीक पर्व तीजको अवसर पारेर गीत सार्वजनीक गरीएको हो । तीजका अवसरमा विकृतिस्वरुप धेरै अघिबाट तीज गीतहरु सार्वजनीक गर्ने गरिएपनि आफूले तीजको छेकोमा मात्रै गीत ल्याउने गरेको शान्तिप्रियले बताए ।
छुनुमुनु गर्दै… तीज गीतको शब्द शान्तिप्रियले लेखेका हुन् । गीतलाई संगीत संयोजन एवं संगीत राकेश सोनीले गरेका छन् । बिन्दु बिसीको आवाजमा तीज गीत आएको छ । प्रिज्म रेकर्डीङमा कमल थापा र गोबिन्द अनेकले रेकर्डीङ गरेको गीतलाई श्यामश्वेत रसाईलीले ध्वनी मुद्रण गरेका हुन् ।
सार्वजनीक गरीएको तीज गीतलाई चल्तीका कोरीयोग्राफर एवं निर्देशक हेरुका लामाले निर्देशन गरेका हुन् । गीतमा अप्सरा पुरी, बर्षा तामाङ एवं झरना परीयार फिचरीङ छन् । स्टिल फोटोग्राफी राममणी ढकालले गरेका छन् भने छायांकन, सम्पादन एवं रंग संयोजन बज्र ङ्यासुरले गरेका छन् । एञ्जेल तामाङको नृत्य समूहले गीतमा नृत्य गरेको छ भने बब्लु गुरुङ निर्माण नियन्त्रक हुन् । शर्मीला सुनुवारले श्रृङ्गारको काम गरेकी छिन् । गीतको निर्दिष्ट शान्तिप्रियले गरेका हुन् ।
मौलीक तीज गीतको मर्मलाई आत्मसात गर्दै त्यसै अनुसारको भाव नमर्नैगरी आफूले भीडीयोलाई सकभर राम्रो बनाउने प्रयास गरेको कोरीयोग्राफर एवं निर्देशक हेरुका लामाले बताए । मौलीकपन त्यही अनुसारको शब्द र तीजको मर्मलाई आत्मसात गर्दै गीत निर्माण गरेको गीतकार शान्तिप्रियले बताए ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..