काभ्रेपलाञ्चोक – बिगत डेढ दशक देखी नेपाली गीत संगीत क्षेत्रमा सक्रिय बिष्णु खड्का भिडियो सम्पादनमा व्यस्त छन् । बिष्णु खड्का एक मेहनती लगनशील कर्मठ युवा हुन् । नेपाली गीत संगीत क्षेत्रमा सक्रिय खड्का सोलुखुम्बु भकान्जे गाविसको सगर डाँडामा जन्मिएका हुन् । उनि सानै देखि कला क्षेत्रमा रुचि राख्दथे । पछिल्लो समयको चर्चित गीत जेल पनि सहुँला लगायत ३०० भन्दा बढी म्युजिक भिडियोको सम्पादन गरि सकेका छन् । तिन वटा ठुलो पर्दाको चलचित्रको समेत सम्पादन गरि सकेता पनि उनले सम्पादन गरेको पछिल्लो समयको बहु चर्चित गीत जेल पनि सहुँलाले उनलाई यो क्षेत्रमा रातारात चर्चा दिनुको साथै अति ब्यस्त पनि बनायो । त्यस गीत बाहेक उनले भिडियो सम्पादन गरेका गीतहरु पानीको फोका २, को छ र मेरो, हाँसेकै छैन, बिस्तारै बिस्तारै तिमि मेरी, तिम्ले बुझेनौ जस्ता गीतहरुको भिडियो उनले सम्पादन गरि भिडियो सम्पादनको दुनियामा छुट्टै पहिचान बनाउन सफल भएका छन् भिडियो सम्पादक बिष्णु खड्का प्रस्तुत छ नव क्षितिज साप्ताहिको लागी अरबिन्द्र गौतमले सम्पादक बिष्णु खड्कासँग गरेको कुराकानी

 

 

० तपाईंले आफैले आफ्नो परिचय दिदा आफुलाई के भन्न रुचाउनु हुन्छ ?
नेपाली गीत संगीत तथा नेपाली चलचित्रको सम्पादन गर्ने कार्यमा नै बढी समय बिताएँ केहि भिडियोहरु छायांकन पनि गरेको छु । रहरमा केहि भिडियोमा आफुले पनि अभिनय गरें तर निरन्तरता चाहिँ सम्पादनलाई नै दिएको छु । मेरो पेशा भनेको नितान्त सम्पादन नै हो । म आफुलाई एक गीत संगीत क्षेत्रको भिडियो सम्पादक भन्न रुचाउँछु ।

 

० भिडियो सम्पादन नै रोज्नुको कारण ?
म मेरो आफ्नो शारीरिक कारण र कम्प्युटर सँग काम गर्न रुचिले गर्दा सम्पादन तिर लागें । मैंले एरिना मल्टी मिडिया एकेडेमीबाट डिजिटल फिल्म मेकिङ्गमा डिप्लोमा सकेर यता तिर लागेको हुँ । आफ्नो कला देखाउन यो क्षेत्रको जुनै विधाबाट पनि सकिन्छ भन्ने मलाई लाग्दछ ।

 

० तपाईंले गितहरुमा पनि अभिनय गर्नुभयो अभिनय छाडेर भिडियो सम्पादनमा कसरी आउनु भयो ?
मैले पनि सुरुमा पर्दामा देखिने नै रुचि राखेको हुँ । त्यसै सिलसिलामा मैले केहि म्युजिक भिडियोमा अभिनय पनि गरेँ तर जब मैले यो क्षेत्र भित्रको धेरै कुरा बुझ्दै गएँ अनि प्राबिधिकको महत्व कति हुँदो रहेछ भन्ने बुझे एउटा भिडियो राम्रो बन्दा त्यसमा देखिने कलाकार मात्र नभई पर्दा पछाडी काम गर्ने निर्देशक छायाँकार सम्पादक र अन्य प्राबिधिकहरुको पनि ठुलो भूमिका हुने रहेछ । त्यस कारण मैले पनि एउटा सफल प्राबिधिक बन्नु पर्छ भन्ने सोचका साथ भिडियो सम्पादन तिर लागेको हुँ ।

० भिडियो सम्पादनमा के कस्ता कार्यहरु पर्छन ?
म्युजिक भिडियो सम्पादकले गर्ने भनेको एउटा टिमले छायांकन गरेर ल्याएको र फुटेजलाई जोड्ने काँट छाँट गर्ने देखि कलर संयोजन गर्ने सम्म पर्दछ । ठुलो पर्दाको कुरा गर्दा चाहिँ कलर गर्ने, सम्पादन गर्ने, ट्रेलर बनाउने, पोस्टर डिजाईन गर्ने अलग व्यक्ति हुन्छन । म्युजिक भिडियोको काम चाहिँ सबै एकै जनाले गर्नु पर्ने हुन्छ । आजभोलि डिजिटलको चलनले गर्दा म्युजिक भिडियो पनि उत्कृस्ट बन्न थालेका छन् । भिडियोको पनि पोस्टर बन्ने प्रचलन सुरु भएको छ । मैले भिडियो सम्पादन संगै पोस्टर डिजाईनको काम पनि गर्ने गर्छु ।

 

० नेपाली गीत संगीतको अहिलेको अवस्था कस्तो छ ?
अहिले नेपालमा गीत संगीतको देखिने बजार छैन । पहिलेको जस्तो क्यासेट सिडी बिक्रि हुने समय छैन । गीत संगीतको डिजिटल बजार छ । डिजिटल बजारमा जानेका र बुझेकाले राम्रै कमाइ गरि रहेका छन् भने नजानेका र सोखका लागि मात्र काम गर्नेहरुले युट्यूबमा भिडियो हालेर चित्त बुझाएका छन् ।

 

० गीत संगीतमा रुचि राख्ने दर्शक श्रोताहरुले चाहे जस्तो गीत र भिडियो बनि रहेका छन् कि छैनन, के लाग्छ तपाईंलाई ?
अहिलेको समयमा नेपाली गीत संगीतहरु बन्ने क्रम बढी नै रहेको छ । बनेका सबै गीत र भिडियोलाई दर्शक श्रोताले रुचाउछन् भन्ने हुँदैन । कुन गीत कति बेला चल्छ भन्न पनि सकिंदैन । कुनै आशा लागेका गीतले दर्शक श्रोताको साथ पाएका हुँदैनन् भने कुनै सामान्य सोचेको गीत लोकप्रिय भइ रहेको हुन्छ ।

 

० भिडियो सम्पादन गरेर नै तपाइंको आफ्नो जिबन सहज चलिरहेको छ त ?
मेरो आफ्नो चाहिँ सहज नै छ । मैले आफुलाई सर्भाइब गरि रहेको छु । मैले राम्रो गरेको छु भन्दैमा सबैको राम्रो नै हुन्छ भन्ने छैन । जुन कामलाई रोजिन्छ त्यसमा निरन्तर लागि रहने हो भने सहज नै हुन्छ जस्तो लाग्छ मलाई ।

 

० भिडियो सम्पादनमा कत्तिको प्रतिस्पर्धा छ ?
नेपालमा जुन सुकै क्षेत्रमा पनि प्रतिस्पर्धा छ । एउटाले कुनै काम गरेर सफल भएको देख्ने बित्तिकै त्यो कामको पछि दौडनेको कमि छैन । यो क्षेत्रमा अहिले काम गर्नेको संख्या धेरै छ । प्रतिस्पर्धा छ भन्दैमा एक अर्काको काम खोसा खोस गर्ने चाहिँ छैन । सबैले आ–आफ्नो तरिकाले काम गरि रहेका छन् ।

 

० एउटा भिडियो राम्रो के कारणले बन्छ ?
एउटा भिडियो राम्रो बन्नुमा सबै भन्दा त पहिला गीत नै राम्रो हुनुपर्छ त्यसपछि महत्व सम्पूर्ण भिडियोको टिमको हुन्छ । राम्रो गीतमा निर्देशकले राम्रो कन्सेप्ट बनाएर छायाँकारले उचित ढंगले पर्दामा उतार्ने अनि कलाकारले राम्रो अभिनय गरे पछि सम्पादकले राम्रो काँट छाँट र कलर संयोजन गर्दा भिडियो राम्रो हुन्छ ।

 

० गीत संगीत क्षेत्रको भिडियो सम्पादनमा लगेर उपलब्धि के पाए जस्तो लाग्छ ?
सबै भन्दा पहिला त आफ्नो कामले सबैको मन जितेको छु । जातिले म सँग काम गर्नुहुन्छ बार बार मलाई नै रोज्नुहुन्छ । सबै भन्दा ठुलो उपलब्धि त्यो त्यसपछि मेरा उत्कृष्ट कामलाई स्राहानिया गर्दै मैले केहि राष्ट्रिय अवार्ड पनि हात पार्न सफल भएको छु । जस्तै ज्योति फिल्मस म्यूजिक अवार्डमा बेस्ट भिडियो सम्पादक अवार्ड, बिराट फिल्मस म्यूजिक अवार्डमा बेस्ट भिडियो सम्पादक अवार्ड, ओ एस नेपाल म्यूजिक अवार्डमा पनि बेस्ट भिडियो सम्पादक अवार्ड, हिमालयन इन्टरनेशनल म्यूजिक अवार्डमा बेस्ट भिडियो सम्पादक अवार्ड, बक्स अफिस म्यूजिक अवार्डमा पनि बेस्ट भिडियो सम्पादक म्यूजिक अवार्ड प्राप्त गर्नुका साथै बोस्टर म्यूजिक अवार्ड कलाकार सम्मान ब्लक बस्टर नेपाली फिल्म अवार्ड २०७७ सम्मान, सन्ध्या पÞmाउन्डेशन फापरे फिल्मस सम्मानका साथै केहि अन्य सम्मानहरु पनि प्राप्त गर्दा सार्है खुशी लागेको छ । एक सिर्जनशिल व्यक्तिलाई यो भन्दा ठुलो उपलब्धि के होला र ?

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..