बनेपा / काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं ५ मा रहेको श्री सम्बृद्वि बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औं साधारण सभा बामगती बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटाको प्रमुख आतिथ्यतामा भएको छ ।

प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष सापकोटाले बागमती प्रदेशभरी सहकारीको अवस्था हेरेर क, ख, ग र घ वर्गमा वर्गिकरण गर्ने कार्य अघि बढेको बताउनुभयो । सहकारीको वित्तिय अवस्था, सहकारीको अवस्था, तरलता, बचत, ऋण, सहकारीका सदस्यलाई सेवाको हिसाबले वर्गिकरण गर्न उहाँले बताउनुभयो । सहकारीमा समस्या आउन नदिन यस्तो गर्न लागेको बताउँदै उहाँले सरकारले भर्खरे ल्याएको अध्याधेशले के कस्तो समस्या ल्याउने त्यसको सवल र सुधार गर्न आवश्यक पक्षको बारेमा सम्बन्धित स्थानमा पुगेर जानकारी दिने बताउनुभयो । उहाँले समुदायमा आधारित रहेको सम्बृद्धि साकोसको अवस्था निक्कै राम्रो पाइएको बताउनुभयो । उहाँले स्थानीय सरकारसँग कम्तिमा गुणस्तरको मापन गराउने आधार सहकारीले गर्ने बताउनुभयो ।

सहकारीका अध्यक्ष साधुराम दाहालले सहकारीले एक बर्षमा गरेको उपलब्धीको बारेमा सभामा जानकारी गराउनुभयो । साधारण सभामा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारीका बरिष्ठ उपाध्यक्ष सागरनाथ कपाली, जिल्ला सहकारी संघका कोषाध्यक्ष अर्जुन सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानेले शुभकामना दिनुभएको थियो ।

सहकारीले एसइइमा उत्कृष्ट नतिला ल्याउने सदस्यका छोराछोरी, शारिरीक रुपमा अशक्त सदस्यका छोराछोरीलाई नगद सहित सम्मान र प्रोत्साहन गरिएको थियो । सोही अवसरमा उत्कृष्ट बचत, ऋण कारोबार गर्ने सदस्यलाई सम्मान गरियो । उपाध्यक्ष रेवतीप्रसाद दाहालले स्वागत गर्नु भएको कार्यक्रमको संचालन तथा एक बर्षको प्रगती प्रतिवेदन सचिव पुष्पराज कोईराला, कोषाध्यक्ष गणेशप्रसाद दाहाल, लेखा समितिको संयोजक श्यामकुमार दाहालले लेखा प्रतिवेदन पेस गर्नुभयो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….