नेपाली चलचित्रमा अभिनेताको रुपमा स्थापित नाम हो प्रवण भुसाल । उनी बिगत एक दशकदेखि नायकको रुपमा नेपाली चलचित्र उधोगमा सक्रिय रहँदै आएका छन् ।

प्रवणले पछिल्लो समय अभिनय गरेको चलचित्र ‘घनचक्कर’ गत महिना मात्र रिलिज भएको थियो । यो चलचित्रमा आफुले गरेको अभिनयलाई दर्शकले निकै राम्रो प्रतिक्रिया दिएपछि नायक प्रवण भुसाल थप उत्साहित छन् ।

हुन त उनले चलचित्र भन्दा अघि नाटकबाट अभिनय यात्रा सुरु गरेका हुन् । प्रवणले पहिलो पटक डेढ दशक अघि डा. भोला रिजालको कथामा आधारित नाटक ‘सगरमाथा रोईरहेछ’मा अभिनय गरेका थिए । त्यसपछि उनले सडक नाटक ‘बेरोजगार’मा अभिनय गरे ।
नाट्यकर्मी तथा अभिनेता, निर्देशक अनुप बरालबाट एक्टर स्टुडियो मार्फत अभियनमा डिप्लोमा गरेपछि उनी नायकको रुपमा चलचित्र क्षेत्रमा आएका हुन् । उनले आफ्नो फिल्मी करियर नायकको रुपमा चलचित्र ‘ए के ४७’बाट सुरु गरेका हुन् । एक दशक अघि निर्मित यो चलचित्रमा उनी खल चरित्रमा थिए । विशाल बिष्टले निर्माण निर्देशन गरेको ए के ४७ चलचित्रमा आफुले गरेको अभिनयका निकै प्रसँसा पाएपछि उनले चलचित्र अभिनयलाई निरन्तता दिए ।

यो चलचित्रमा उनको भूमिका देखेर निर्देशक भुषण दाहालले अर्को चलचित्र ‘द सेम सेक्स म्यारिज’मा प्रस्ताव गरे । यो चलचित्र उनी नायकको रुपमा छन् । ब्लु डायमन्ड सोसाईटी र नर्वेजियन राजदुतावासले निर्माण गरेको यो चलचित्र विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सबमा पनि चयनसँगै प्रदर्शन भयो । यो चलचित्रले उनलाई नेपाली सिनेमा उधोगमा नायकको रुपमा स्थापित ग¥यो ।

त्यसपछि उनले चलचित्र ‘लुकामारी’मा शिर्ष खल चरित्र निर्वाह गरे । सौगात मल्ल, सुरविना कार्की, कार्मलगायतको पनि अभिनय रहेको यो चलचित्र ख्याती श्रेष्ठ हत्या काण्डमा आधारित थियो । ख्यातिको हत्या गर्ने शिक्षकको भूमिका अभिनेता प्रवणले निर्वाह गरेका थिए । यो फिल्मबाट उनी विभिन्न राष्ट्रिय अवार्डहरुमा मनोनयनमा समेत परे ।

उनलाई मुख्य भूमिकामा चिनाएको अर्को चलचित्र मन्दिरा हो । यो चलचित्रबाट अभिनेता प्रवणले क्वालिटी इन्टरटेनमेन्ट अवार्ड समारोहमा वर्षको उत्कृष्ट खल चरित्रको अवार्ड समेत हाँसिल गरे । यो चलचित्रमा पनि उनी नेगेटिभ हिरोको रुपमा थिए ।

हरेक प्रकारको भूमिका निर्वाह गर्न सक्ने प्रवण पछिल्लो चलचित्र ‘द डटर’ मुख्य नायकको रुपमा छन् । छोरीलाई अत्यन्त मायाँ गर्ने पिताको भूमिकामा प्रवण रहेका छन् । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय फिल्म महोत्सबमा चयन भएर पुरस्कृत पनि भएको छ । यो चलचित्र अन्तराष्ट्रिय ‘१० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२२’, ‘छैटौं काठमाडौं सर्ट फिल्म फेस्टा–२०२२’ ‘पिम नेपाल फिल्म फेस्टिबल –२०२१’मा चयन भएर प्रदर्शन समेत भयो । जस मध्य उनले यो चलचित्रबाट ‘पिम नेपाल फिल्म फेस्टिबल –२०२१’मा सर्वोत्कृष्ट अभिनेताको अवार्ड समेत चुमेका थिए । डब्बु क्षत्री निर्देशित यो चलचित्र विभिन्न अन्तराष्ट्रिय महोत्सबमा पनि सहभाग हुँदै गरेको पनि प्रवणले जानकारी गराए ।

यसरी आधा दर्जन भन्दा बढी चलचित्रमा सकरात्मक तथा नकरात्मक दुबै प्रकारको भूमिकामा अभिनय गरिसकेका अभिनेता प्रवण म्युजिक भिडियो अभिनयमा पनि त्यत्तिकै लोकप्रिय छन् । प्रवणले अभिनय गरेको मलाई धोका…, थाहै नपाई…, चिया पकाउन…, झापा इलाम…, यो तिजैमा नाच्ने हो…सहित थुप्रै म्युजिकभिडियोहरु लोकप्रिय छन् । यस्तै उनले अभिनय गरेको साउनको भेल जस्तो सहित केही भिडियोहरु रिलिजको तयारीमा छन्

चलचित्र र म्युजिक भिडियोमा अभिनेताको रुपमा सक्रिय रहेका प्रवण यतीबेला दुई वटा नयाँ चलचित्रमा अनुबन्धित समेत भएका छन् । उनको नयाँ चलचित्र ‘चिठ्ठी’ अहिले प्रदर्शनीको तयारीमा छ । यस्तै प्रवणले अभिनय गरेको टेली चलचित्र दृष्टि अहिले रमाईलो टिभी (डिस होम)बाट प्रशारण हुँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..