

काभ्रेको बनेपा १० पुल बजारमा रहेको यु एम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ साधारण सभा सम्पन्न भएको छ ।


आज एक कार्यक्रमकाबिच साधाारण सभा सम्पन्न भएको हो । रामशरण श्रेष्ठ सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछे रहेका थिए ।




अहिलेसम्म काभ्रे र सिन्धुपाल्चोक गरि ८ वटा सेवा केन्द्रबाट यस साकोसले सेवा दिईरहेको साकोसका अध्यक्ष रामशरण श्रेष्ठले जानकारी दिए । यु एम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शेयर पुँजि ५ करोड भन्दा बढि रहेको उनले जानकारी दिए ।
आफ्रनै भवनमा साधारण सभा सम्पन्न गरेको उक्त साकोसले उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट कारोबारीलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेमा रोनिशा श्रेष्ठ उत्कृष्ट बाल बचतकर्ता, सुर्य रत्न शाक्य उत्कृष्ट बचतकर्ता, बिद्या मानन्धर उत्कृष्ट बचत कर्ता ,सिर्जना बज्बुल उत्कृष्ट नियमित बचतकर्ता रहेका छन् । त्यस्तै कान्छी भुजेल जेष्ठ उत्कृष्ट बचतकर्ता,पुर्णराज खिचा,बिरेन्द्र धिनान्जु उत्कृष्ट कारोबारकर्ताबाट सम्मानित भएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेले साकोसलाई आगामी दिनको लागि शुभकामना दिदै सहकारीलाई विश्वशनिय बनाउनु पर्ने बताए । पछिल्लो समय सहकारीको बारेमा नकारात्मक समाचार आइरहेको भन्दै उनले बचतकर्तालाई विश्वास गर्ने ठाउँ दिएर कारोबार गर्न आग्रह गरे ।