बनेपा/नृत्य निर्देशक संघ नेपाल काभ्रेले दिवंगत गुरुहरुलाई सम्झना गर्दै गुरु पुर्णिमा मनाएको छ ।
नृत्य निर्देशक संघ नेपाल काभ्रे शाखाले बनेपामा गुरुपूर्णिमाको अवसरमा ज्ञात अज्ञात दिवंगत नृत्य गुरुहरुको सम्झनामा दीप प्रज्वलन गरेको छ । गुरुहरुको प्रेरणा अनि आशिर्वादले नै कलाक्षेत्रको विकास भएको हुनाले गुरु पुर्णिमाको अवसरमा गुरुहरुको उच्च सम्मान स्वरुप दीप प्रज्व्लन गरेको हो ।
जिल्ला शाखाका पदाधिकारीहरु तथा जिल्लाका कलाकारहरुको उपस्थितिमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको नृत्य निर्देशक संघ काभ्रेका अध्यक्ष मोहन तौजलेले बताए । हरेक वर्ष जिल्ला शाखाले गुरु पुर्णिमाका दिन दिवंगत नृत्य गुरुहरुको सम्झनामा दीप प्रज्वलन गर्दै आएको अध्यक्ष तौजलेले बताए ।
कार्यक्रममा कलाकार, निर्देशक तथा नृत्य निर्देशक संघ काभ्रेका सचिव अमरकृष्ण चन्दले गुरु र गुरु पुर्णिमाको औचित्य बारे प्रष्ट पारेका थिए । चन्दले जिीवनका जुनसुकै मोडमा पनि आफूले शिक्षा तथा ज्ञान लिएका गुरुहरुको श्रद्धा र सम्मान गर्नुपर्ने बताए । गुरुबिनाको जीवन अपुरो हुने बताउँदै गुरुले दिएको मार्गदर्शनले नै जीवन अघि बढ्न मद्दत पुग्ने बताए ।
त्यस्तै संस्थाका जिल्ला उपाध्यक्ष नारायण हेंगजुले आफ्नो मौलिक कला, संस्कृतिलाई माया गर्नुपर्ने बताउँदै गुरु पुर्णिमाको औचित्यलाई भुल्न नहुने बताए ।
गुरु पुर्णिमाको अवसरमा कलाकारहरुले केक काटी गुरुलाई खादा, अविर, पुष्पगुच्छा र टिकाले सम्मान गर्दै गुरु पुर्णिमा मनाएका थिए । कलाकारहरुले कार्यक्रममा विविध नृत्य समेत प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..