

काठमाडौं — “गीत–संगीत र साहित्यको संगम, अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन” भन्ने मूल नारासहित राजधानीको इन्द्रेणी सांस्कृतिक विकास केन्द्रको हलमा प्रथम मुर्चुङ्गा म्युजिक अवार्ड भव्य रूपमा सम्पन्न भएको छ।

युद्ध बहादुर खत्री अध्यक्ष रहेको मुर्चुङ्गा म्युजिक प्रा.लि.को प्रस्तुतिमा सम्पन्न उक्त कार्यक्रममा सयौं कलाकारहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा वरिष्ठ गायिका मिरा राणा प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता कम्पनीका अध्यक्ष खत्रीले गर्नुभएको थियो।


विशेष अतिथिहरूमा इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल, वरिष्ठ सञ्चारकर्मी चन्द्रमणि गौतम, वरिष्ठ गायक शिवनारायण जोशी, नवराज घोरासैनी, माधव भण्डारी, रुपक डोटेल, गीतकार तथा साहित्यकार सिन्धु पौडेल, निर्देशक राहुल जेट्ली, उपसचिव अमरदीप सुनुवार लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन काव्य म्युजिकका सञ्चालक तथा अवार्ड व्यवस्थापक रमेश श्रेष्ठले गर्नुभएको थियो।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने कलाकार तथा सर्जकहरूलाई जुरीको निर्णयका आधारमा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो। जुरी सदस्यहरूमा दिवाकर भण्डारी (सापटे काका), सावित्री केसी, साजन पराजुली, विजेन्द्र नौबागे, सामना शाह र देवेन्द्र शाही रहेका थिए।
अवार्ड समारोहमा संस्थागत तथा सञ्चारकर्मी सम्मानसमेत प्रदान गरिएको थियो। साथै लोकदोहोरी, सेलो, आधुनिक, पूर्वेली, म्युजिक भिडियो, छायांकन, निर्देशन लगायत विभिन्न ३० भन्दा बढी विधामा उत्कृष्ट कलाकारहरूलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमले नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय कलाकारहरूलाई सम्मान गर्दै नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने महत्वपूर्ण सन्देश दिएको सहभागीहरूले बताएका छन्।, छायांकन, निर्देशन लगायत विभिन्न ३० भन्दा बढी विधामा उत्कृष्ट कलाकारहरूलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रमले नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय कलाकारहरूलाई सम्मान गर्दै नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने महत्वपूर्ण सन्देश दिएको सहभागीहरूले बताएका छन्।


