काठमाडौँ ।
गायिका सुरक्षा सेन्चुरीको स्वरमा रहेको ’तिमी बिना’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।हङ्गकङ्ग निवासी गीतकार रचना प्रधानको शब्द सिर्जना तथा बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीतमा गीत तयार गरिएको छ । गीतमा राहुल प्रधानको एरेन्ज रहेको छ ।

तिमी बिना भाग ३ मा प्रबिन डिसी , आयुष्मा कार्की र सृष्टि सुब्बाको अभिनय रहेको छ । दिनेश पराजुलीको छायाँकन , अमृत चापागाईँको सम्पादन गरेका छन ।

प्रेम, रोमान्स र बिछोडले भरिएको त्रिकोणत्मक प्रेम कथालाई देखाउन खोजीएको गीतको भिडियोलाई पछिल्लो पुस्ताका रुचाइएका निर्देशक जस बहादुर याक्खाले निर्देशन गरेका हुन् ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

तपाईंको सानो सहयोगले कसैको जीवन बाच्न सक्छ त्यसै सकेको सहयोग गर्दिनुहोस …. #सहयोगको #अपिल #sahayog #Bhojpur #sangita #Karki #kavrepalanchok #report #interview सक्नु हुन्छ भने सहयोग गर्दिनुहोस यदि सक्नु हुन्न भने धेरै भन्दा धेरै भिडियो लाई सियेर गरेर सहयोग गर्दिनुहोस । भोजपुर जिल्लाको संगिता कार्की घाँस काट्ने क्रममा रुख बाट लढेर उपचारको लागि काभ्रे जिल्लाको बनेपा स्पाइनल इन्जुरी अस्पताल भैसेपाटीमा हुनुहुन्छ । उहाँको आर्थिक अवस्था निकै कमजोर भएको हुनाले सबैले सकेको सहयोग गरिदिनु होला ।