काभ्रेपलान्चोक – आज असार १५ अर्थात मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य दिन । आजको दिन राष्ट्रिय धान दिवस देशभर मनाइएको छ । देशभर रोपाँई सहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइएको छ । धान दिवसका अवसरमा कृषि क्षेत्रसँग सम्वन्धित संघसंस्थाहरुले खेतमा रोपाँई लगायतका कार्यक्रमहरु आयोजना गरि यो दिवस मनाउने गरेका छन् । भने अन्यले दहि चिउरा खायर कार्यक्रम गर्ने गरेको पाइन्छ । नेपाली समाजमा परम्परागत रुपले नै असार १५ मा दही चिउरा खाने प्रचलन रहँदै आएको छ ।

आज बनेपामा नेपाल तरुण दल बनेपा नगर समितिको आयोजना र नेपाली कांग्रेस बनेपा नगर समितिको समन्वयमा राष्ट्रिय धान दिवस तथा असार १५ दही चिउरा खाने कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेसको काभ्रे जिल्ला सभापति तिर्थ लामाको प्रमुख आतिथ्यतामा दही चिउरा खाने कार्यक्रम सम्पन्न भएको हो ।उक्त कार्यक्रम बनेपाको पार्टी भेन्युमा भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला नेताहरुको बाक्लो उपस्थिति देखिन्थ्यो । 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..