काभ्रेको कोशिपारि स्थित भुम्लु गाउँपाकिाले आर्थिक बर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजनिक तथा एघारौ गाउँसभा सम्पन्न भएको छ ।

भुम्लु गाउँपाकिालका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा)को उपस्थितीमा अध्यक्ष प्रेम बहादुर भुजेलले आर्थिक बर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नू भएको थियो । नीति तथा कार्यक्रममा पालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर शैक्षिक सुधारको कामलाई अगाडी बढाईने भएको छ ।

शिक्षामा विद्यालयलाई डिजिटलमा रुपान्तरण गर्ने र प्राकृतिक पूर्वाधार सहितको वातावरण निर्माण गर्ने उद्धेश्यले गाउँपालिका भरिका विद्यालयहरुमा डिजिटल माध्यमद्वारा इन्टरनेटको व्यवस्था गर्ने भएको छ । त्यस्तै पालिकाले सबै विद्यालयहरुको कक्षा कार्यालय, खेलमैदान र पाठशालाभित्र जताततै सिसि क्यामेरा फिट गरेर त्यसको सर्भर गाउँपालिकामा राखेर निगरानी गर्ने भएको छ ।

त्यसैगरी कृषि क्षेत्रलाई प्राथमिकता दिएर रासायनिक मलको अभावलाई व्यवस्थापन गर्नका लागि अर्गानिक खेती प्रणालीमा जैविक विषादी÷मललाई विकास गर्नका लािग प्रक्रिया अगाडि बढाईने भएको छ ।

त्यस्तै गाउँमा नै मिनरल वाटरको उद्योग सञ्चालन गर्ने, स्थानीय उत्पादनको उद्योग पकेट क्षेत्र निर्धारण गर्ने, ब्राण्डिङ्ग गर्ने, स्थानीय मदिरालाई ब्राण्डिङ्ग गरेर बजारको पहुँचसम्म पु¥याउने लगायतको योजना नीति कार्यक्रममा समावेश गरेको छ ।

त्यसैगरी पर्यटन विकासका लागि दोलालघाटमा रहेको पिकनिक स्पोटको सुधा बढीभन्दा बढी आन्तरिक पर्यटकहरु भित्र्याउने र दीर्घकालिन रुपमा पर्यटन पूर्वाधारको क्षेत्रमा काम गर्ने लक्ष्य लगायतका कार्यक्रममा समावेश गरेको छ । मिडिया दर्पन बाट 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..