बनेपा – काभ्रे जिल्ला ट्राफिक प्रहरीले सवारी दुर्घटना नहोस् भन्ने उदेश्यले Drug Test Kit र Breathalyzer को प्रयोग गरी लागु पदार्थ सेवन र मादक पदार्थ सेवन गरेको छ छैन भनेर सवारी चालक लाई चेकजाँच गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको पहल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेश धुलिखेलको प्राविधिक सहयोग जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश सिलवालको कमाण्डमा जनपद प्रहरी सहितको संयुक्त टोलीले अरनिको राजमार्ग र बि.पि. राजमार्गमा हुन सक्ने सम्भावित सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले ३४ जना चालकहरुलाई Drug Test Kit र Breathalyzer को प्रयोग गरी लागु पदार्थ सेवन र मादक पदार्थ सेवन चेकजाँच गरेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।

लामो दूरीमा चल्ने भाडाका सार्वजनिक यात्रुवाहक सवारी साधन तथा पनौती, धुलिखेल र बनेपा क्षेत्रका स्थानीयरुटका लोकल सार्वजनिक सवारी साधनका चालकहरु लाई चेकजाँच गरिएको ट्राफिक प्रहरी प्रमुख राजेश सिलवालले जानकारी दिनु भयो । उहाँले आगामी दिनहरुमा पनि ट्राफिक प्रहरी कार्यालय तथा मातहत पोष्टहरु मार्फत समेत लागु पदार्थ सेवन र मादक पदार्थ सेवन चेकिङलाई निरन्तरता दिईने बताउनु भयो ।

३४ सवारी चालक लाई चेकजाँच गर्दा ७ जना लाई पोजेटिभ देखाएकोले आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय बनेपामा बुझाइएको छ । 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..