काभ्रेपलान्चोक – भुम्लु गाउँपालिका अध्यक्ष प्रेम भुजेलले लालपुर्जा विहिन भुम्लु ७ र ८ भुम्लुटार फलाटे बन्देउका जनताहरुको लालपुर्जा समस्या समाधान गर्न उच्चस्तरीय पहलकदमी चाल्नु भएको बताइएको छ ।

भुम्लु गाउँपालिकाको लालपुर्जा विहिन भुम्लु ७ र ८ फलाटे भुम्लुटार बन्देउका जनता संग गरेको प्रतिबद्धता पूरा गर्न नेपाल सरकारको भुमी ब्यवस्था मन्त्री शशी श्रेष्ठसँग भुम्लु गाउँपालिका अध्यक्ष प्रेम भुजेलले बिशेष भेटघाट तथा छलफल गर्नु भएको छ । छिटोभन्दा छिटो लालपुर्जा बितरण समस्या समाधान गर्न भुम्लु गाउँपालिका र मन्त्रालयको मन्त्री शशी श्रेष्ठ सबै समन्वय गरेर जाने कुरा छलफल भएको छ श्रोतले बताएको छ ।

उता अध्यक्ष प्रेमले भुम्लुको नागरिकहरुलाई प्राणघातक रोग मृगौला रोग मस्तिष्क घात रोगहरुको नि:शुल्क उपचार गर्ने (फन्ड) कोषमा पहिलो हस्ताक्षर गरेर फाइल सदर प्रमाणित गर्नु भएको छ ।

अब भुम्लुको नागरिकहरु उपचारको अभावमा अकालमा मृत्यु हुनुपर्ने दिन अन्त्य भएको घोषणा समेत गर्नु भएको छ । पहिलो घोषणा नै निकै राम्रो काम भएको भन्दै भुम्लुको नागरिकहरुले खुसी ब्यक्त गरेको छन् । 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..