नेकपा एमालेको तर्फबाट बनेपा नगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिनुभएकी विमला सापकोटा दाहाल एक जाेशिलाे युवा नेतृ हुनुहुन्छ । कानुन व्यवसायी र एनजिओ क्षेत्रमा लामो अनुभव सम्हाल्नु भएकी दाहालसँग चुनावी सेरोफेरोमा रही गर्नुभएको कुराकानी यहाँ प्रस्तुत गरिन्छ :

बनेपा नगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिनुभएको छ, उपमेयर पदमै उम्मेदवारी दिनु पर्नाको कारण के हो ?

नेकपा एमालेको तर्फबाट बनेपा नगरपालिकामा मेरो उपमेयर पदका लागि उम्मेदवारी छ । मेरो उम्मेदवारी दिने तीन चार वटा आधारहरू छन् । एउटा कुरा म कानुन व्यवसायीको रूपमा काम गरिरहेको व्यक्ति हो । हाम्रो संविधानले उपमेयरलाई न्यायिक समितिको संयोजक हुने भएको कारण मेरो जुन कानुनको विषयमा ज्ञान छ र त्यस क्षेत्रबारे मलाई जुन अनुभव म सँग छ त्यसैले म न्यायिक समितिको संयोजक भएर आम जनतालाई सेवा दिन सक्छु भन्ने हो । अर्को म राजनीतिक क्षेत्रमा २०५२ सालदेखि अखिल नेपाल महिला सङ्घको गाउँ कमिटीको अध्यक्ष हुँदै राजनीति सुरु गरेर त्यसयता निरन्तर अनेमसंघ, युवा सङ्घ हुँदै अहिले पनि अखिल नेपाल महिला सङ्घको जिल्ला अध्यक्षको रूपमा काम गरिरहेको व्यक्ति हुँ । मेरो राजनीतिक निरन्तरकाको हिसाबले पनि त्यो क्षेत्रमा गएर मैले अब्बल तरिकाले काम गर्न सक्छु भन्ने म मा विश्वास छ । अर्को कुरा म राजनीतिक सँगसँगै विभिन्न समाजसेवाका क्षेत्रमा बसेर लामो समय काम गरे । लामो समयसम्म मैले एनजिओ आईएनजिओ क्षेत्रमा बसेर काम गरे । त्यहाँ बसेर काम गर्दा महिले महिलासँग, बालबालिकासँग, किशोर किशोरीसँग उहाँहरूको समस्या के हो, उहाँहरूको समस्याको समाधान कसरी गर्नु पर्छ । योजनाहरू कसरी बनाउनु पर्छ रु सम्बन्धित व्यक्ति को–को सँग सहकार्य गर्नुपर्छ रु भएको योजनाहरूको अनुगमन कसरी गर्नु पर्छ भनेर १५, २० वर्षसम्म त्यो क्षेत्रमा सरकारी निकायसँग प्रत्यक्ष जोडिएर मैले काम गरे । यसरी लामो समयसम्म काम गर्दा मलाई के थाहा छ भने सहभागिता मूलक योजना कसरी गर्ने, त्यो योजनालाई कसरी कार्यान्वयन गर्ने, त्यस्का लागि कोसँग सहकार्य समन्वय गर्ने भन्ने मलाई थाहा छ । अहिले उपमेयरको काम भनेको पनि योजना बनाउने त्यस्को अनुगमन गर्ने लगायतको जिम्मेवारी पनि भएकाले मैले आफूलाई उपमेयर पदकै लागि अब्बल हुन सक्छु र मेरो उम्मेदवारी बनेपा नगरपालिकाको लागि अल्लि स्ट्रोङ खालको हुनसक्छ भन्ने लाग्यो, पार्टीले पनि मलाई यो जिम्मेवारीमा उठाउन उपयुक्त सम्झियो र मेरो उपमेयर पदमा उम्मेदवारी परेको हो ।

तपाइहरू विरुद्ध गठबन्धनले साझा उम्मेदवारी दिइरहेको छ, उनीहरूले महिला उम्मेदवारी समेत दिएका छैनन्, यस्तो अवस्थामा तपाई आफ्नो जितको सम्भावना कत्तिको देख्नु हुन्छ ?
मैले मेरो जितलाई सुनिश्चित जस्तै देखेको छु । किनभने म उपमेयर पदका लागि योग्य उम्मेदवार हुँ भन्ने मलाई लाग्छ । चुनावी दौरानमा हामी नेकपा एमालेको अभियान लिएर घरदैलोमा जाँदा पनि त्यहाँ सबैको हामीप्रतिको, सद्भाव, उहाँहरूको उत्साह जुन देखाउँछ त्यस्ले पनि हाम्रो विजय हुन्छ भन्ने आधार देखाएको छ । अर्को कुरा गठबन्धनले महिला उम्मेदवार दिएको छैन । संविधानले प्रष्टसँग प्रमुख र प्रमुखमा एक जना महिला उम्मेदवारी हुनु पर्छ भनेर प्रष्ट उल्लेख हुँदा समेत उहाँले त्यस्लाई कुल्चेर गठबन्धनले भागबन्डा लगाउने नाउँमा कुन पार्टीले के बाँडेर खाने भनेर दुई जना नै पुरुष उम्मेदवार उठाएको छ । नेकपा एमालेबाट म महिला उम्मेदवार हुँ । त्यसैले सम्पूर्ण महिलाहरूको सहानुभूति पनि म प्रति छ । महिलालाई दिएको संवैधानिक हक हनन गर्नुहुन्न, महिलालाई नै जिताउनु पर्छ भन्ने धेरै महिलाहरूको म प्रतिको जुन सद्भाव, सहानुभूति छ त्यस्ले पनि मेरो जित सुनिश्चित गरेको छ ।

तपाइकै पार्टीबाट यसअघि जित्नु भएका पूर्व मेयरले पार्टी छोड्नु भयो यस्ले त बनेपामा चुनाव जित्न गाह्रो पर्ला नी
राजनीतिक दलमा संसदीय क्षेत्रमा जाने वा पार्टीको नेतृत्वमा जाने भन्नेमा धेरै आकाक्षीहरु हुने गर्दछ । सबै जनाले यो पार्टीमा योगदान दिएको छ । सबै जना सक्षम हुनुहुन्छ । निर्णय हुनुभन्दा अगाडी आकाङ्क्षी हुनु स्वाभाविक पनि हुन्छ । त्यो वडा सदस्यदेखि वडा अध्यक्ष र मेयर उपमेयरमा धेरैको अकाक्षीहरु हुनुहुन्थ्यो । हाम्रो पार्टीमा निर्णय भइसकेपछि त्यो निर्णयलाई सबैले लिएर हिँड्ने भन्ने हुन्छ । प्रतिस्पर्दा अगाडी गरिन्छ, प्रतिस्पर्धा पछिको श्रेष्ठता भनेर भनिनछ । पार्टीले जस्लाई टिकट दियो उसलाई पुराका पुरा समर्थन गर्ने भन्ने हाम्रोमा हुन्छ । त्यो भएर हाम्रोमा आकाक्षीहरुको कुनै मैले टिकट पाइन म सहयोग गर्दिन, पार्टीलाइ जिताउँदिन भन्ने त्यस्तो कुनै पनि कहीँ पनि देखिएको छैन । तर एउटै प्रश्न भनेको बनेपा नगरपालिकाको पूर्व मेयरले पार्टी छोड्नु भयो । यसमा के देखिन्छ भने उहाँ राजनीतिक मान्छे पनि हुनुहुँदो रहन्छ की भन्ने लाग्छ ।राजनीतिक स्कुलिङमा आएको भने यसो गर्नु हुन्नथ्यो । उहाँ २०७४ सालमा राप्रपाबाट आउनुभएको हो । पाँच वर्षसम्म नेकपा एमालेबाट टिकट पाउनु भएर बनेपाको नेतृत्व गर्नुभयो । जब सकिने बेला आयो, एक महिना मात्र बाँकी छ फेरी उहाँ ८१ वर्षको मान्छेले फेरि पनि टिकट पाइन भनेर पार्टी छोड्नुभयो । त्यो कारणले उहाँको पछि लागेर जाने कोही देखिएन । सबै मानिसहरूले बुझी सक्नुभयो नी त अब त युवाहरूको समय छ । युवा जोस जाँगर, नयाँ टेक्नोलोजीका कुराहरू छ, र नयाँ युवाहरूले पनि अवसर पाउनु पर्ने बेला छ । त्यही भएर त्यो कुराले खासै त्यस्तो असर हाम्रो पार्टी भित्र केही छैन । हामी जुन उत्साह पूर्वक नगर कमिटीदेखि टोल कमिटीसम्म जुन उत्साहका साथ चुनाव प्रचारमा गइरहेका छौ त्यस्ले पनि हामीबिच कुनै समस्या छैन भन्ने देखाउँछ ।

घरदैलोमा जाँदा खेरी तपाईँहरूले प्रत्यक्ष उठाउनु भएका विकासका एजेण्डाहरु चाहिँ के के हुन् ?

हामीले आफ्नो तर्फबाट प्रतिवद्घतापनि निकालेका छौ । एउटा ग्रामीण भेगको विकास र अर्को पुरानो बजारको विकास गरेर हामीले यसलाई दुई भागमा बाँडेका छौ । बजार क्षेत्रलाईहेर्ने हो भने बनेपामा खानेपानीको ठुलो समस्या छ । हाम्रो अघिल्लो सरकारले पनि त्ययस्लाई पहल गरेको थियो । ९५ प्रतिशत काम सम्पन्न पनि भइसकेको छ । हामीले बढीमा ६ महिना भित्र त्यहाँ भइरहेको समस्या हल गरेर बनेपामा खानेपानी वितरण गर्नेछौ । अर्को समस्या भनेको फोहोर मैला व्यवस्थापन हो । त्यस्का लागि पनि हामीले विशेष योजना बनाएका छौ ।फोहोर मैलाको दिगो व्यवस्थापनको हामीले योजना बनाएका छौ । अर्को भनेको बनेपा नगरपालिको समस्या भनेको अस्तव्यस्त पार्किङ र फुटपाथ हो । यसका लागि पनि हामीले विविध योजनाहरू बनाएका छौ । हामीले नेतृत्वमा जाने बित्तिकै अस्तव्यस्त फुटपाथलाई एक ठाउँमा ल्याउने छौ । कति मानिसहरूको उनीहरूको जिविको उपार्जनको सवाल फुटपाथ नै भएकाले यसलाई सधैँ प्रहरी लगाएर लखेट्नु भन्दा पनि एक एक ठाउँ व्यवस्था गरेर त्यहाँ राख्नु पर्छ । पार्किङका लागि पनि निश्चित ठाउँहरू उपलब्ध गराएर यो अस्तव्यस्तताको अन्त्य गर्ने भन्ने हाम्रो योजना छ । अरू यहाँका विकास निर्माणका कुरा त भइनै हाल्यो । ग्रामीण क्षेत्रमा कृषिको क्षेत्र धेरै छ । निर्वाहमुखी कृषि पेसालाई हामीले बदल्नु पर्ने छ र व्यवसायीक बनाउने पर्ने छ । युवाहरूलाई कृषि क्षेत्रमा लगानी गरेर होस् या किसानले उत्पादन गरेका वस्तुहरूलाई बजारको व्यवस्थापन गर्ने । बजार व्यवस्थापनका लागि नगरपालिकाले कुनै सहकारीको समन्वय गरेर उत्पादनलाई थोरै मार्जिन ९व्यवस्थापन शुल्क मात्र० लिने, अर्को ससाना उद्योगहरू त्यही खोलिदिने, आलु उत्पादन क्षेत्रमा आलुबाट उत्पादन हुने स–साना उद्योग महिला र युवालाई फोकस गरेर त्यही खोलिदिने, दूध र दूध जन्य उत्पादनका उद्योगहरू, अचारका उद्योगहरू गाउँ गाउँमै खोलिदिने, कृषि सडकहरू बनाउने, मेन रोडहरू १४ वटै वडाहरूमै पिच गरिदिने, पर्यटनको सम्भावना बोकेका ठाउँमा पर्यटनका पूर्वाधारका कामहरू गर्ने हाम्रो योजनाहरू छ । यो सबै गर्नका लागि स्रोत व्यवस्थापनको पाटो महत्त्वपूर्ण हुन्छ । त्यस्का लागि हामीले यहाँ कस्तो खालको आर्थिक नीति बनाउने भन्ने हुन्छ । करहरूलाई व्यवस्थापन गर्ने यहाँ त्यत्तिकै उपयोग नभई बसेका भवनहरूलाई उपयोग गर्ने, कसरी नगरपालिको आफ्नै आम्दानी कसरी गर्ने भन्ने एउटा हुन्छ भने अर्को हामीले विभिन्न सङ्घ, संस्था, सरकारी, दातृ संस्था नियकाहरु पहिचान गर्ने , राम्रो डिपिआर तयार गर्ने र बजेटका लागि पहल गर्ने भन्ने लगायतका थुर्पै ऐजेन्डा लिएर हामी जनताको बीचमा गइरहेका छौ । हाम्रो यो कन्सेफलाई जनताले धेरै मन पराए दिनुभएको छ ।

अन्तमा आम बनेपावासीहरूलाई के भन्न चाहनु हुन्छ ?
हामी बनेपामा नयाँ ढङ्गले काम गर्छौ भनेर प्रतिवद्घता लिएर आएका छौ । यहाँहरूको अमूल्य मतदान गरेर हामीलाई विजय गराउनु होस् भनेर भन्न चाहन्छु ।

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.