विदुर, नुवाकोट, साहित्य संगम नुवाकोटको वार्षिक–उत्सवको अवसरमा राष्ट्रिय संगितकर्मि संघका केन्द्रीय अध्यक्ष बिक्रमजंग शाह सहित १० जना श्रष्टालाई सम्मानद्वारा विभुषित गरिएको छ ।

 

कलाक्षेत्रको उर्वर भूमि काभ्रेको रोशी गाउँपालिका–७ कटुन्जेमा जन्मेर कला क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बिक्रमजंग शाहलाई नेपाली लोक गीत संगीतमा योगदान पु¥याए बापत संस्थाले सम्मान गरेको हो । देश विदेश जतासुकै स्टेज कार्यक्रम होस या दोहोरी साँझ जता ततै माग हुने शाह पछिल्लो समयमा देश बिदेशको कार्यक्रममा ब्यस्त नेपाली सांगीतिक क्षेत्रका पुराना अग्रज कलाकारहरु मध्यका अहिलेका ब्यस्त कलाकारमा हुन् ।

 

भकुण्डेमा एउटा स्कूल छ बैनीले गाँसेको फूलमाला, मंगलटार बसैमा, रेलमा रुदै गई, खोला खाल्सी हे माया, ज्यानलाई भो खतरा, माइला लगायतका थुप्रै लोकप्रिय गीतहरुमा सुमधुर स्वर दिइसकेका शाहले नेपाली कथानक चलचित्र पल्टन समेत निर्माण गरिसकेका छन् । कलाक्षेत्रमा सक्रिय रहि लोक संस्कृतिको उत्थानमा सक्रिय बहुप्रतिभाका धनी राष्ट्रिय संगितकर्मी संघका अध्यक्ष समेत रहेका दोहोरी गायक, कलाकार, चलचित्र निर्माता, बिक्रमजंग शाहलाई उनको कलाको योगदान स्वरुप यो यो सम्मान प्रदान गरिएको हो ।

साहित्य संगम नुवाकोटको वार्षिक–उत्सव, कृति लोकार्पण, सदस्यता वितरण , स्रष्टा सम्मान तथा पुरस्कार अर्पण एवम् काव्य गोष्ठी कार्यक्रममा सुसन्देस लोक संस्कृति पुरस्कार तथा संगम साहित्य सम्मान–२०८० ले बिक्रम जंग शाहलाई सम्मान गरिएको हो भने धनकुमारी तामाङ रत्न पुरस्कार तथा संगम साहित्य सम्मान २०८० दिव्य लक्ष्मी पोखरेल ( काठमाडौँ), स्व. भवानी अधिकारी स्मृति पुरस्कार तथा संगम साहित्य सम्मान २०८० केशवराज आमोदी (चितवन), सरस्वती पौडेल÷ऋषिराम पौडेल रत्न पुरस्कार तथा संगम साहित्य सम्मान–२०८० भैरवी भूगोल (नुवाकोट) ले पाएका छन् ।

यस्तै नव क्षितिज पुरस्कार तथा संगम साहित्य सम्मान–२०८० प्रदिप रोदन (गोरखा) (उनी विशेष कारण उपस्थित हुन सकेनन), स्व. काशीनाथ गजुरेल स्मृति पुरस्कार तथा संगम साहित्य सम्मान–२०८० डा. धनप्रसाद सुवेदी (खोटाङ) (विशेष कारण उपस्थित हुन सकेनन्), सु सन्देश पुरस्कार तथा संगम साहित्य सम्मान २०८०ओम रिजाल (दैलेख), संगम साहित्य पुरस्कार तथा सम्मान–२०८० शिखरनाथ ढकाल बेलकोटे कवि (नुवाकोट), संगम साहित्य पुरस्कार तथा सम्मान २०८० कविन्द्र (नुवाकोट ), संगम साहित्य पुरस्कार तथा सम्मान–२०८० पूर्णकला घिमिरे पूर्णकला घिमिरे (मकवानपुर) लाई प्रदान गरिएको थियो । यस्तै नव क्षितिज पुरस्कार तथा संगम साहित्य सम्मान–२०८९ ध्रुब तामाङ (नुवाकोट) लाई प्रदान गरिएको थियो ।

 

साहित्यकार मुना धिताल अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्यकार रामहरि रिमाल, पल्लव साहित्य प्रतिष्ठान का अध्यक्ष ऋषिप्रसाद लामिछाने (गोर्खेसाहिलो), कोषाध्यक्ष मिना लामिछाने,साहित्यकार डा. सत्यराज थपलिया, साहित्यकार अरुणुकमार गिरी, धरहरा पुनर्निर्माण तथा संगम पुरस्कार कोष अभियान्ता साहित्यकार ध्रुब गजुरेल, साहित्यकार तथा मध्य मश्चिमान्चल गजल मन्चका अध्यक्ष धिरेन अनुपम, बिदुर–४ का वडा अध्यक्ष तथा साहित्यप्रेमी निलम ढुङ्गेल, संरक्षक तथा साहित्यकारमिन तामाङ्ग, साहित्यकार सरु पौडल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कुटुलीकोसा (कविता सङ्ग्रह –२०७९) – शम्भु गजुरेल “अज्ञानी“, भाव–सागर (कविता सङ्ग्रह –२०७९)–शान्ति सिग्देल, आमालाई चिठी (कविता सङ्ग्रह –२०७९) – सुविन रिमाल “प्रशान्त“,संगम (साहित्यिक पत्रीकाको– अंक ४,पूर्णाङ्क ४) लोकार्पण गरिएको थियो ।

 

कार्यक्रमका ७० जना भन्दा बढी स्रष्टाहरुको रचना वाचनसँगै कार्यक्रमको उत्तरार्धमा गितकार तथा कलाकर्मी अरुण गिरीले मन्तव्य सहित आफ्ना गीतको भिडियो रेकर्डबाट कार्यक्रमका अतिथिहरूलाई नचाएर शान्त वातावरणमा मनोरञ्जन दिएका थिए ।

 

त्यस्तै साहित्य संगम नुवाकोटको विशिष्ट आजीवन सदस्य तथा साहित्यकार इन्दिरा चापागाई (संखुवासभा) द्वारा स्थापित “स्व.पद्मकुमारी स्मृति साहित्य पुरस्कार“ कोषको लागि संस्थाको नामममा रू. ५१,१५१ (एकाउन्न हजार एकसय एकाउन्न) हस्तान्तरण गरेका थिइन् ।

कार्यक्रम साहित्य संगम नुवाकोटकी अध्यक्ष सुमित्रा सुमीको सभापतित्वमा समपन्न भएको थियो । विगत पाँच वर्षदेखि संस्थाले श्रष्टाहरु सम्मान गर्दै आएको संस्थाका अध्यक्ष सुमीले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul