काभ्रेपलाञ्चोक – नेपाली संगीतिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाएका निर्देशक हुन देव प्रसाद धिमाल (देव धिमाल) । सर्लाहीमा जन्मेर नेपाली कलाकारितामा अग्रसर बहुमुखी प्रतिभाका धनि देव धिमाल एक कुशल भिडियो निर्देशकको रुपमा कलाकारिता क्षेत्रमा परिचित एक निर्देशक हुन । बुझेन कसैले, दशै गीत सरर, सल्लाघारी, लखर लखर कता, भाईटिका, धन, जा जा जा गए जा, ए बैनी, मखमली, सारा खुशी, डाडाँ पारी गाउँमा, संगम, आज फेरी, आगो लाग्यो, मलामी लगायतका गीतमा उनले निर्देशन गरिसकेका छन् । उनै कलाकार तथा निर्देशक देव प्रसाद धिमाल (देव धिमाल) सँग नव क्षितिज साप्ताहिकको लागी अरविन्द्र गौतमले गरेको कुराकानी  

 

० निर्देशन क्षेत्रमा कहिले र कसरी यात्रा शुभारम्भ गर्नु भयो ?

सानै देखि गीत सङ्गीतमा झुकाब राख्थे विद्यालय स्तरमा हुने हरेक कार्यक्रममा सहभागी हुन्थे । गाउँ घरमा आयोजना गरिने विवाह, भोज लगायतका विभिन्न चाड पर्व विशेषमा आफ्नो रुचीको कलाकारिता लाई अगाडि बढाउथे । साथीहरु परिवार र विद्यालयका शिक्षक शिक्षिकाको कारणले नै मलाई कलाकारितामा आउनको लागी हौसला मिल्यो ।

 

 

० प्रेरणाका स्रोत ?

मेरो यस  क्षेत्रको प्रेरणाको स्रोत मेरो अभिभावक तथा शिक्षक शिक्षिकाहरुले मलाई कलाकारितामा लाग्नको लागी हौसला र प्रेरणा दिनु भयो । उहाँहरुको प्रेरणा र हौसलााको कारणले नै आज यो स्थानमा रहेको छु ।

 

० कलाकारितामा कसरी प्रवेश गर्नुभयो ?

आज फेरी गीतको भिडियोबाट मैले पहिलो पटक निर्देशनको क्षेत्रमा प्रवेश गरेको हुँ ।

 

० तपाईलाई कलाकारितमा अग्रसरमा गराउन कसको भुमीका रहेको छ ?

मलाई जन्मदिने बु्वा आमा साथै संगीतमा कर्म दिने साथीहरुको  सहयोगको कारणबाट नै निरन्तर रुपमा ६ बर्ष देखी सुगम संगीतमा आफ्नो कलालाई निर्देशकको भुमीका बाट आम दर्शक माझँमा प्रस्तुत गरिरहेको छु । मलाई हरेक तरिकाबाट गीत संगीतका लागी उपयुक्त साथ दिने मेरा आम दर्शक तथा स्रोता मेरा प्रेरणाका स्रोत हुन ।

 

० यहाँलाई माईथाने भनेर चिनाउने गीत कुन कुन हो ?

हेर्नुस आफ्नो सन्तान आफुलाई सबै नै प्यारो हुन्छन् तर पनि सम्झिनु पर्दा बुझेनन कसैले, दशै गीत सरर, सल्लाधारी, लखर लखर कता, भाईटिका, धन, जा जा जा गए जा, ए बैनी, मखमली, सारा खुशी, लगायत थुप्रै गीतहरुमा मैले कर्म गरेको छु । ती सबै गीतहरुले मलाई संगीतको सागरमा चिनाउनको लागी मद्दत गरेको छ ।

 

० नेपाली कला सस्कृतिलाई तपाईले कसरी हेर्नू भएको छ ?

विशिष्ट पोशाक स्थानीय संगीतसँग सम्बन्धित भए पनि धेरैले क्रमिक रुपमा छोड्दै गएका छन । व्यवसायीकरण र बाह्य प्रभावले ल्याएको विकृतिका कारण कौडा लगायतका कारणले भेग गत कला र सस्कृतिहरु हराउदै गएको छ । जबकि कसैले भने परिवर्तनलाई सांस्कृतिक विकासको एक प्राकृतिक अंश मान्दछन् ।

 

० नेपालमा पर्व विशेषमा गाइने भाकाहरुमा विकृति भित्रियो भन्छन नी ?

समाज आधुनिनिकी करण हुदै छ, बिकृति केहि मात्रमा होलान तर सिंगो सांगितिक क्षेत्रलाइ दोष दिन मिल्दैन ।

 

 

० दर्शक तथा स्रोताले यहाँका कुन–कुन गीत बढी मन पराएको पाउनु भएको छ ?

बुझेनन कसैले, दशै गीत सरर, सल्लाधारी, लखर लखर कता, मखमली, सारा खुशी, लगायतका मेरो निर्देशनमा रहेका गीतहरुलाई बढी मन पराउनु भएको छ जस्तो लाग्छ ।

 

 

० राज्यले कलाकारको लागी कस्तो भुमिका निर्वाह गर्नुु पर्छ ?

हेर्नुस सर्बप्रथम त हामी आफुमा सक्षम हुन पर्छ, आफुमा एक जुट हुन पर्छ, हामि मै एकता छैन, दोस्रो कुरा राज्यले कलाकार लाई गहनाको रुपमा होइन अङ्गको रुपमा स्विकार्न सक्नु पर्छ र कलाकारको लागि केही सहज ब्यबस्था गर्दिन पर्छ । कलाकारिताको सम्पुर्ण बिधालाइ एकै ठाउमा समेटेर सबैलाई सेन्सर लगाएर पास गराउन पर्छ, विकृति पक्षलाई कारबाही गर्न हिच्किचाउनु हुदैन । आम दर्शक तथा स्रोत माझमा र समाजमा सकारात्मक किसिमको प्रभाव पार्ने किसिमको सिर्जनालाई आम दर्शक माझमा ल्याउनु पर्दछ जस्तो लाग्छ ।

 

० पछिल्लो समयमा गीत संगीतमा विकृति भित्रीनुको कारण के होला ?

हामीले अरुको देखासिखीको कारणबाट समाजमा विकृति भित्रिएको गीत संगीतहरु रचना गरिरहेका छौ ।

 

० आफुले गरेको काम बाट कतिको सन्तुष्ट रहनुभएको छ ?

म पुर्ण रुपमा सन्तुष्ट रहेको छु । सफल काम गर्ने वातावरण सिर्जना पाएको छु, अग्रज कलाकार गायक गायिका, सहकर्मि साथीहरुको प्रेरणा होैसला र मार्गनिर्देशन पाएको छु, जुन कुरामा मेरो परिवारको सदस्यको पुर्ण साथ र सहयोग रहेको छ । जसले गर्दा मलाई नेपाली मौलिक कलाकारिताको लागी थप अगाडि बढ्नको लागी प्रभावकारी रुपमा हौसला मिलेको छ ।

 

० सधैं हाँसी खुशी रहनु हुन्छ, यो प्रेरणा कसरी पाउनु भयो ?

म प्राकृतिक रुपले नै जोली स्वभावकी मान्छे हुँ । साथी–भाइसंग रमाइलो गर्ने, मेरो स्वभाव छ । अर्को एउटा कुरा, मलाई अरुको इर्ष्या, डाह, जलन हुँदै हुन्न । त्यसकारण पनि म जिन्दादिल, अझ भनौं दिलदार छु । हा हा‘

 

० हाँसी खुशी रहनका लागि के के गर्नु पछ ?

यो एउटा प्राकृतिक कुरा हो । कोही अलिकति दुःख पर्दा पनि आत्तिन्छन् र ठूलो दुःख आयो भन्ने सोच्दछन् । म त्यो वर्गमा परिन । म ठूलो दुःख आउँदा पनि हाँसेर जित्ने स्वभावको मान्छे परें । दुःखमा पनि नआत्तिने, स्वभाविमानी तथा सकारात्मक सोच राख्न सक्नु पर्छ ।

 

० आगामी योजना ?

मेरो आगामी योजना गीत संगीतमा नै रहेको छ । भविष्यमा निरन्तर रुपमा यस्तै प्रकारका गीत संगीत आम नेपाली दर्शक तथा स्रोताको मन तथा मस्तिष्कमा बस्ने गीत संगीत बजारमा आउने छन । आगामी समयमा ठुलो पर्दाको चलचित्रलाई आम दर्शक तथा स्रोता माझमा प्ुयाउने योजनामा रहेको छु । आलु जस्तो लब र पार्टनर लगायतका टेली चलचित्रलाई पनी ल्याउने तयारीमा रहेको छु ।

 

० धन्यवाद हामिलाइ महत्वपूर्ण समय उपलब्ध गराइदिनु भएकोमा ।

अरविन्द जी तपाई लगायत तपाई क्रियाशिल मिडियालाई लाई पनि धेरै धेरै आभार प्रकट गर्दछु , मेरो मनको तिता मिठा गन्थनको पोको फुकाउने मौका दिनु भएकोमा , यो अवसरको लागी र मलाई आफना मनभित्र गुम्सिएर रहेका तितामिठा कुराहरुलाई तपाईको लोकप्रिय पत्रिका नव क्षितिज साप्ताहिक मार्फत व्यक्त गर्नुभएकोमा आभारी छु ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..