बनेपा / नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट प्रेस सेन्टर काभ्रेको बेथाञ्चोक गाउँपालिकामा ११ सदस्यीय पालिकास्तरीय प्रेस सेन्टर कमिटी गठन भएको छ ।
माओवादी केन्द्र बेथाञ्चोक गाउँपालिका कमिटिकी अध्यक्ष तारा रानाको संयोजकत्व र प्रेस सेन्टर काभ्रेका उपाध्यक्ष नवराज अधिकारीको उपस्थितीमा कमिटी गठन गरिएको हो । कमिटीको अध्यक्षमा जीवन लामा चयन भएका छन् । उपाध्यक्षमा सुनिल तिमल्सिना चयन भएका छन् भने महिला उपाध्यक्ष्यमा आरती तिमल्सिना कोषाध्यक्षमा चित्र प्रसाद घिमिरे सचिवमा मनिषा सापकोटा चयन भएका हुन् । यस्तै, सदस्यहरुमा निराजन तिमल्सिना, आकाश तामाङ, शान्ती भुजेल, कृतिका सापकोटा, सबिता तिमल्सिना र सुमित्रा तिमल्सिना चयन भएका छन् । ६ वटा वडा रहेको गाउँपालिकामा प्रत्येक वडाबाट एकएक जना पत्रकारको प्रतिनिधित्व हुनेगरि कमिटी गठन गरिएको हो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly