
आज विश्व माटो दिवस, नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । डिसेम्बर ५ मा विश्वभर माटोको दिगो उर्वराशक्ति व्यवस्थापनसम्बन्धी विषय सम्बोधन गर्ने र जनचेतना अभिवृद्धि गर्ने मूल ध्येयका साथ विविध कार्यक्रम गरी विश्व माटो दिवस मनाइन्छ ।

‘स्वस्थ माटो स्वस्थ गाउँ सहर’ नाराका साथ यसवर्ष पनि विश्व माटो दिवस २०२५ मनाइँदै छ । माटोको गुणस्तर बारेमा प्रचारप्रसार, माटो परीक्षण लगायतका कार्यक्रम गरी माटो दिवस मनाइन लागिएको हो ।
बिज्ञापन

एफएओको सिफारिशमा संयुक्त राष्ट्रसंघको ६८औँ महासभाको निर्णयले सन् २०१३ डिसेम्बर ५ देखि दिवस मनाउन सुरु गरिएको हो । नेपालमा सन् २०१४ डिसेम्बर ५ देखि माटो दिवस मनाउन सुरु गरिएको हो ।




