पछिल्लो समय कलाकारिता क्षेत्रका गीत संगीतको उचाई ह्वात्तै बढेको छ । यसको कारण भनेको संचार माध्यमलाई बुझेर पनि हुन सक्दछ । पहिले जस्तो अहिले कुनै पनि गीत तयार पारिसकेपछि संचारमाध्यमलाई उपलब्ध गराउने क्रम घटेको छ । तर कलाकारहरुले भने हरेक आफ्ना सिर्जनाको चर्चाको निमित्त संचार माध्यम अपरिहार्य भएको मनन गरेको हुनाले पनि यो स्थति आएको हुन सक्दछ।
यसै क्रममा पछिल्लो समय हरेक संचारमाध्यममा “जाले रुमाल” बोलको गीत निकै घन्किने गरेको पाइन्छ ।प्रस्तुत गीतमा चर्चित गायक राम सरण आले मगर,भोजराज राखल र आफैमा चर्चित गायिका सिर्जु अधिकारीको स्वर सुन्न सकिन्छ। नयाँ गीत सार्बजनिक गरे संगै तिनै जनाले “जाले रुमाल”मा पनि आफ्नो स्वर भरेर भर्खरै गीत सार्वजनिक गरेको छन् ।
“घैया मकै” एका एक चर्चामा आएको र सामाजिक सञ्जाल विशेष Tiktok मा भाइरल भएर धेरै दर्सकहरु कमाएको यो गीतले दश लाख भन्दा बढी युटुब मा भिउज कमाएको छ यसै चर्चामा रहेको आशा तथा आफ्नो दर्सकहरुको माया साथ र सहयोग कारणले आज “जाले रुमाल” पनि संगै सहकार्य गर्दै चर्चा मा रहेका छन् सम्भु नेपाल र रामसरण आले मगर “घैया मकै” गीतमा आफ्नै मौलिकता झल्काउने शब्द सृजनाहरुले भरोएका थिए पनि “जाले रुमाल” पनि आफ्नै मौलिकता झल्काउने र माया पिरती मा गाँसिएका प्रेम प्रिमिकालाई मध्य नजर राख्दै रमाइलो खालको शब्दहरू चयन गरिएको छ।
उक्त बोलको गीतमा शब्द सम्भु नेपाल उहाँ आफैमा व्यस्त र जसको शब्द को गीतले सबै दर्सकहरु मन छुने गर्दछ र यो “जाले रुमाल” पछिल्लो समय यस्तै बनेको देखिन्छ भने उक्त शब्दमा संगीत रामजी थापा मगरको रहेको छ। निरेन श्रेष्ठले निर्देशन तथा अमोन रानाले कोरियोग्राफी गरेको भिडियोमा छायांकन राम के सि र संगीत बानियाको सम्पादन रहेको छ। सार्वजनिक लोक तथा दोहोरि गीतको भिडियोमा शुक्र लामा युवराज कार्की र रिना थापा मगरको धमाकेदार अभिनय रहेको छ। भिडियो मिलन फिल्मस प्रा.लि को अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ। “घैया मकै” तथा अन्य गीतहरु जस्तै यो गीतमा पनि सफलता मिलोस सम्पुर्ण टिमलाई हाम्रो शुभकामना।
पुरा भिडियो हेर्नुहोस.