“डा. धर्मेन्द्र कुमार शाहको शब्दमा ‘तिम्रो प्यारमा’ गीत सार्वजनिक, दशैंको उपहारस्वरूप”

काठमाडौं। डा. धर्मेन्द्र कुमार शाहकाे प्रस्तुतिमा रहेकाे लभ स्टाेरी गीत “तिम्रो प्यारमा” सार्वजनिक भएकाे छ ।

आज घटस्थापनकाे दिन विजय दशमीकाे शुभकामनासहित गायीका सुमिना लाेकाे सुमधुर स्वर र नरहरी प्रेमीकाे संगीत रहेकाे उक्त गीत सार्वजनिक गरिएको हाे । गीतमा डाक्टर शाहकै प्रेमील शब्द रहेकाे छ । रोमाण्टिक भर्सनको यस गीतमा एक प्रेमी जोडीको प्रेम र रोमान्सलाई देखाइएको छ।

बिज्ञापन

यस्तै, हारमोनिक स्टुडियोमा रेकर्ड गरिएको गीतकाे ऐरेन्जर सन्तोष प्रगाधले गरेका छन् भने भिडियो सम्पादन ई. रबिन ताजपुरियाले गरेका छन् । प्रतिभाहरूलाई उजागर गर्ने मुख्य उदेश्यको साथ नेपाली गीत संगीतमा थौरै भए पनि सहयोग गर्ने उद्देश्यले आफुले गीत संगीतमा रुचि राखेका् गीतकार डाक्टर शाह बताउँछन् ।

उक्त गीत डिजिटल डिएस नामक यूट्युब च्यानलमा सार्वजनिक गरिएकाे छ । सामाजिक काममा मात्रै नभएर साहित्य र संगीतमा क्रियाशील गीतकार शाहले यस गीतलाई साथ, सपोर्ट र माया गरिदिन सम्पुर्णमा आग्रह समेत गरेका छन्।

दशैंको रमाइलो माहोललाई संगीतमय बनाउनका निम्ति यो गीत अहिले रिलिज गरेको उनले बताए । सम्पूर्ण संगीतप्रेमीका निम्ति दशैंकाे उपहार स्वरूप ल्याएकाे भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको सामाजिक अभियान्ता एवं कलाकार डाक्टर शाह बताउँछन् ।