काभ्रेपलान्चोक – नेपाल कम्युनिष्ट पार्टिको स्थापना दिवस तथा ‘मिसन ग्रासरुट अभियान’ समापनका अवसरमा नेकपा एमाले पनौती नगरकमिटीको आयोजनामा पनौतीमा बृहत पुण्यवती खोला तथा बसपार्क सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार पशुपती मन्दिरबाट पुण्यवती खोलाको सरसफाइ सुरु गरि त्रिवेणीघाट सम्म गरिएको थियो । कार्यक्रममा सहभागीहरुले पनौती बस पार्कमा पनि सरसफाइ गरेका थिए । सरसफाइ कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य रामेश्वर फुयाल, प्रदेश कमिटिका उपाध्यक्ष रामहरी सुवेदी, पूर्व पनौतीका मेयर भीम न्यौपाने, एमाले नेतृ डा. अम्बुभावनी कार्की,कुमार थापा, रमेश पाैडेल,पनौती नगरकी उपप्रमुख गिता बञ्जारा लगायत नेताको सहभागिता रहेको थियो । सयौँ कार्यकर्ता उत्साह पूर्वक अभियानमा सहभागि भएका थिए ।

नेकपा एमालेको मिसन ग्रास रुट अभियान अन्तर्गत र पार्टिको स्थापना दिवसका अवसरमा सुरुभएको यस्ता कामलाई एमालेले निरन्तरता दिने, पनौती नगरकमिटीका अध्यक्ष सुरेशप्रसाद हुमागाईले बताउँनु भयो । उहाँले थप्नु भयो ‘हामी पाटिको काम, समाज संग र समाज परिर्वतन संग जोडेर नियमित गर्दै आएका छौ र गरिरहने छौँ । ’

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..