काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नं. १० मा १ घर १ धारा पानी बितरण अन्तर्गत पाईप बिच्छाउने कार्य सुरु भएको छ ।

बृहत खानेपानी आयाेजना अन्तर्गत सेतिदेबि मन्दिरमा १ लाख ५० हजारकाे ट्याङ्की निर्माण सम्पन्न सम्पन्न भएको छ । साथै डिप बाेरिङकाे काम पनि सम्पन्न भएकाे र केही दिनमै पानी बितरण गर्ने वडा अध्यक्ष चन्द्र बहादुर खडाकाले काभ्रे प्रेस लाई बताउनु भयाे ।     

उक्त आयाेजना बाट पहलाे चरणमा २५० घर धुरि लाभान्वित हुने खड्काले बताउनु भयाे । आयाेजनाकाे निरिक्षण गर्न नगर प्रमुख लक्ष्मी नर्सिङ बादे, उप-प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती, वडा अध्यक्ष चन्द्रबहादुर खड्का, वडा सदस्यहरू र स्थानीय उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।       

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..