काभ्रेपलान्चोक – जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेमा प्रमिला श्रेष्ठ आए देखी हाल सम्म पनि आफ्नो गतिविधि लाई तीव्रता दिदै ट्राफिक नियम पालना र सचेतना अभियानमा अब्बल स्थापित भएको देखिन्छ । सरुवा भएर आए लगत्तै श्रेष्ठले राजमार्गमा ध्वनी प्रदुषण गर्ने अर्थात् प्रेसर हर्न निकालेर आफ्नो काम देखाउँनु भएको थियो भने आज भोलि सम्म पनि यस कामलाई निरन्तरता दिनु भएको छ।

आज पनि ठाउँ ठाउँमा रहेका ट्राफिक पोष्टले सवारी साधनबाट प्रेसर हर्न निकालि कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको प्रमुख प्रमिला श्रेष्ठले काभ्रे प्रेस लाई जानकारी दिनु भयो ।

कम्पनीले जडान गरेको र्हन भन्दा बढी आफुखुसी पेसर हर्न जडान गरी राजमार्जमा र सहरी क्षेत्र, विद्यायल क्षेत्र, अस्पताल लगायतका क्षेत्रहरुमा अनावश्यक रुपमा पेसर हर्न बजाई ध्वनि प्रदुषण गरेको भन्ने नागरिकहरुको गुनासो र भारवान क्षमता भन्दा बढी लोड बोकेर राजमार्गमा गुड्ने सवारी सधानहरुले सडक संरचना बिगार्ने तथ्यलाई ध्यानमा राखी कार्वाही गरिएको बताउनु भयो । सुरुवाती चरण देखि नै ट्राफिक प्रहरीले प्रेसर हर्न झिक्ने काम गर्दै आएको छ ।

पछिल्लो समय ट्राफिक नियम पालना र सचेतना अभियानमा अब्बल स्थापित जिल्ला ट्राफिक प्रहरी काभ्रे सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय बनेको छ । केही दिन अगाडि मात्रै काभ्रे जिल्ला ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरणका लागि कार्यालयले विद्यालयका विद्यार्थीहरुलाई पनि ट्राफिक नियमबारे जानकारी गराउँदै आएको छ । भने चलाक सह- चालक लाई प्रशिक्षण पनि दिदै आएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा तथा मातहत प्रहरी कार्यालयहरुबाट संयुक्त रुपमा बिशेष प्रहरी परिचालन गरी नियन्त्रण एवं कारवाहीको लागि अभियान चलाई चेकजाँच एवं नियन्त्रण गरिएको प्रहरीले जनाएको छ ।   

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly