काभ्रेपलान्चोक – पनौतीमा लाग्ने १२ वर्षे मकर मेला आजबाट सुरु भएको छ । पनौती नगरपालिकामा लाग्ने मकर मेलामा भक्तजनको निकै भिड देखिएको छ । काभ्रे जिल्ला प्रशासनले २५ जना भन्दा बढि उपस्थित नहुनको लागि सुचना नै जारी गरेको थियो । कोभिडको कारण बन्द हुने देखिए पनि मानिहरुमा त्यो डर त्रास देखिदैन ।     

आज बिहानै बाट मेला सुरु भएको छ । ‘पुर्खाको पौरख पनौतीको गौरव, १२ वर्षे मकर मेला हामी सबैको वैभव’ भन्ने नाराका पनौतीमा लाग्ने १२ वर्षे मकर मेला सुरु भएको हो ।     

पनौतीको त्रीवेणीाटमा १२ वर्षमा लाग्ने मकर मेला माघ १ गतेदेखी एक महिनासम्म सञ्चालन हुने गर्दछ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले बढ्दो कोरोना संक्रमणनलाई ध्यानमा राख्दै २५ जना भन्दा बढि भिडभाड नगर्न आग्रह गरेको छ । स्नानका लागि पनि एक पटकमा २५ जनालाई मात्रै प्रवेश दिन प्रशासनले आग्रह गरेको छ ।       

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..