नेपाली कथानक चलचित्र‘आकाशे खेती’ को ‘चिटिक्कै परेर आइछेउ ‘ बोलको गीत सार्वजनिक भएको छ । निता ढुङ्गाना, विल्सन विक्रम राई ‘तोक्मे बुढा’, गौरव पहाडी, कृषा गुरुङ, शिशिर वाङदेल,बुद्धि तामाङ, रविन्द्र झा, रजनी गुरुङ, अनुप याक्सो, रमा लिम्बु , लक्षु शर्मा, प्रकाश शर्माको अभिनय को मुख्य भूमिका रहेको उक्त चलचित्रको गीत ‘चिटिक्कै परेर आइछेउ ‘आज रिलिज गरिएको हो । ओ एस आर द्धारा बजारमा ल्याईएको गीतमा राजेश पायल राई , लोक पौडेल , अन्जु पन्त , र सु्म्निमा इङनामको स्वर रहेको छ ।

 

एस एस इन्टरनेशनल फिल्मस र तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रको यो गीतमा विकाश चौधरीको संगीत रहेको छ भने हरि उप्रेतीको शब्द रहेको छ । गीतमा निता ढुङगाना , गौरव पहाडी , विल्सन विक्रम राई ‘तोक्मे बुढा’ लगायतको अभिनय रहेको छ ।

फिल्ममा राजु किरातीको द्वन्द्व, सुजन बडाल सम्पादन , विक्रम डिसीको छायाँकन ,राम जी लामिछाने र राजिव सिंहको नृत्य निर्देशन रहेको छ । फिल्ममा समाजका विभिन्न घटनाक्रमलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको छ । फिल्मलाई फागुन २७ गते प्रर्दशन गरिने भएको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/hyXlziKY6nE” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

तपाईको प्रतिक्रिया

नैतिक व्यावहारिक तथा व्यवसायी शिक्षा प्रदान गर्दै बेलर| गुणस्तरीय शिक्षाका लागि बेलर हेर्नुस् भिडियो