काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नं. १ मा छाङछुङ्गे काैडाेल एकीकृत खानेपानी आयाेजनाकाे ट्याङ्की शिलान्यास गरिएको छ । आज बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिंह बादेले शिलान्यास गर्नु भएको हो ।

खानेपानी याेजनाका लागी बनेपा नगरपालिका बाट २० लाख, वडा बाट २ लाख र उपभोक्ता बाट २ लाख ४४ हजार लागतमा १ लाख लिटर पानी अट्ने ट्याङ्की बन्न लागेको उपभोक्ता समितिका अध्यक्ष सुदिप खत्री बताउनु भयाे । 

उक्त आयोजना बाट १०० घर धुरि लाभान्वित हुने बताइएको छ ।शिलान्यास कार्यक्रममा उप-प्रमुख रेखा सापकोटा दाहाल, याेजना अधिकृत शर्मिला बन्जाडे, वडा नं. ४ का वडा अध्यक्ष तथा नगरका प्रबक्ता श्यामसुन्दर श्रेष्ठ, वडा नं. १ का वडा अध्यक्ष पिताम्बर दुलाल, कार्यपालिका सदस्य प्रमिला पाण्डे, जिल्ला समन्वय समितिका सदस्य बिकास मंग्रन्ती, वडा सदस्य कपिल दुलाल, नेकपा एमाले बनेपा नगर १ नं. वडा कमिटीका अध्यक्ष कमल घिमिरे लगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

शिलान्यास कार्यक्रम पछि वडामा निर्माणकाे अन्तिम चरणमा पुगेकाे बन्चरे डाँडा एकीकृत खानेपानीको ट्याङ्की समेत निरिक्षण गरेकाे थियाे भने अन्य याेजनाको पनि अनुगमन गरेकाे थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..