काभ्रेपलान्चोक – जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नम्बर ५ स्थित अरनिको माध्यामिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चेत प्रसाद गौतम माथि कुटपिट भएको छ । केही दिन अगाडि एउटा स्थानीयको समुहले कुटपिट गरेको हो । कुटपिट गर्ने लाई अझै पनि प्रशासनले नियन्त्रणमा लिन सकेको छैन । कुटपिटको बिषय लाई खासै चासो नलिएको भन्दै अरनिको माध्यामिक विद्यालयले गम्भीर भएर लाग्न अपिल गरेको छ ।

स्थानीयको समूहले अनावश्यक रुपमा तनाब सिर्जना गरेर कुटपिट हुन् । कुटपिट बाट अरनिको माध्यामिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चेत प्रसाद गौतम गम्भीर घाइते हुनुभएको छ ।गम्भीर घाइते गौतमको हाल बि एण्ड बि अस्पताल काठमाण्डौमा उपचार भइरहेको छ । अध्यक्ष गौतमको नाक र टाउकोमा गम्भीर चोट लागेको छ । 

मंसिर २९ गते विद्यालयको कार्यालय सहायक (ब्यवस्थापक) पदका लागि परीक्षा थियो । परीक्षाको केन्द्र वडा नम्बर ५ कै जागृती माध्यामिक विद्यालयमा गाउँपालिकाले तोकेको थियो । परीक्षाका लागि गाउँपालिकाको शिक्षा शाखाबाट सरोज अधिकारी पुग्नुभएको थियो । परीक्षा सुरु हुनै लाग्दा केहि मानिसले विषय विज्ञको हातबाट प्रश्न पत्र खोसेपछि परिस्थिति असहज बनेको थियो । परीक्षामा ७ जना उम्मेदवार थिए । परीक्षाका लागि भने ५ जना मात्रै उपस्थिति भएका थिए । विद्यालयमा सिभिक फोरमको सरसफाई सम्बन्धि कार्यक्रम चलिरहेको थियो । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गौतम पनि सहभागि हुनु भएको थियो । 

परीक्षा केन्द्र अर्को विद्यालयमा राखेको भनेर विद्यालय परिसरभित्रै पसेर अध्यक्ष गौतम माथि केहि दिन अगाडि दिउँसो कुट पिट गरेका हुन् । उक्त समूहले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक जयभद्र गौतमका परिवारलाई समेत धम्की दिएका छन् । आफ्नै मान्छेलाई जसरी पनि जागिर खुवाउनुपर्ने दबाब दिन लागेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..