नेपाल कम्युनिष्ट पार्टी एमाले भुम्लु गाउँपालिका कमिटीको पुर्ण बैठक सम्पन्न भएको छ ।

भुम्लु गाउँपालिका कमिटी अध्यक्ष लोक बहादुर कुँबरको अध्यक्षतामा सम्पन्न भएको बैठकमा बागमती प्रदेश कमिटी सदस्य रिता ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

बैठकले भुम्लु पालिका कमिटीको दोश्रो अधिबेशन पौष २० गते सल्लेमा गर्ने निर्णय गरेको छ । कार्यक्रममा नेकपा माओवादी भुम्लुका सचिवालय सदस्य सोम पन्त एमालेमा प्रवेश गरेका छन् ।

एमाले भुम्लु गाउँपालिका कमिटीले अधिबेशन सफल पार्न सम्पुर्ण भुम्लु बासीलाई अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly