बढी धुवाँ फाल्ने ३७ सवारी साधन ट्राफिकको नियन्त्रणमा

 

काठमाडौँ — काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले बढी धुवाँ फाल्दै हिँड्ने सवारीसाधनविरुद्ध कडाइ थालेको छ। सोमबार गरिएको चेकजाँचमा ३७ वटा सवारीसाधन नियन्त्रणमा परेका छन्।

बिज्ञापन

नियन्त्रणमा परेका सवारीमध्ये १६ बस, १४ पिकअप भ्यान, चार स्कुल बस, दुई निजी कार र एक भाडाकाे कार रहेकाे ट्राफिक प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए।

सवारी तथा यातायात व्यवस्था ऐनअनुसार अवस्था ठिक नभएका यस्ता साधन सञ्चालनमा रोक लगाई कारबाही गरिने प्रहरीले जनाएको छ। उपत्यकामा चेकजाँच अझ कडाइ गर्ने ट्राफिक प्रहरीले जनाएको छ।