काभ्रेपलान्चोक – सिन्धुपाल्चोक जिल्लाको बन्देउमा बस दुर्घटना भएको छ । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी न.पा.०८ टावर स्थित चौतारा बन्देउ सडक खण्डमा चौताराबाट काठमाण्डौ जादै गरेको अरनिको यातायातको बा २ ख ६९४७ नं.को बस आफै अनियन्त्रित भई सडकको बाँया साईडको रुखमा ठोक्किन जादा दुर्घटना भएको छ ।

उक्त बसमा चालक सहित १५ जना सवार थिए । जस मध्ये ६ जना सामान्य घाईते भई उपचारको लागि जिल्ला अस्पताल चौतारा पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। बस चालक जि.प्र.का.सिन्धुपाल्चोकको नियन्त्रणमा रहेको छ ।- फोटो फाइल

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..