काभ्रेपलान्चोक – पछिल्लो समयमा तीन प्रति दिन नयाँ नयाँ ब्राण्डका सामाग्रीहरु बजारमा आइरहेका छन् । कुन ब्राण्डले बजारमा राम्रै मार्केट् लिएका छ्न भने कति पय कम्पनी डुबानमा छन् । ब्राण्ड कर्नले अन्तराष्ट्रिय बजारमा राम्रो मार्केट लिन सफल भएको छ। नेपालसहित विश्वका अन्य देशहरु इजिप्ट, बंगलादेश, श्रीलंका, क्यानाडा, रसिया, इजरायल, म्यानमार लगायतका देशहरुमा कर्न ब्राण्डका सामाग्रीहरु उपलब्ध रहेकोे छ ।

यहीँ सफलताको कारण ब्राण्ड कर्नले नेपाली बजारमा ३ वटा नयाँ स्मार्ट वाच मोडल लन्च गरेको छ । केही दिन अगाडि मात्रै कम्पनीको नेपालका लागि एक मात्र आधिकारीक आयातकर्ता तथा बितरक क्यामियो इन्टरनेसनल प्रालिले एक कार्यक्रमका बिच नेपालमा नयाँ स्मार्ट वाचहरुको घोषणा गरेको राजन थापाले काभ्रे प्रेस लाई जानकारी दिए ।

ब्राण्ड कर्नका (WB02, WB03, WB05) नेपालमा अहिले उपलब्ध भएका छन् । तीन ओटा मोडलका स्मार्टवाचहरुको मूल्य डब्लूबी ०२ ९,४९९/-, डब्लूबी ०३ को ९,९९९/-, डब्लूबी ०५ को ११,९९९/- तोकिएको जनाएको छ । बजारमा आए यि स्मार्ट वाचहरुमा एमोलेड डिस्प्ले, वाटरप्रुफ फिचर,बिग ब्याट्रि क्यापासिटी, नर्डिक सिपियूलगायतका विशेषता रहेका छन् र यसको प्रमुख विशेषतामा ३६५ दिनको वारेन्टी पनि रहेको बताइएको छ ।

कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर राज गुप्ताले भने `नेपाली बजारमा विश्व स्तरका गुणस्तरीय एसेसरिजहरु उपलब्ध गराउँदै आएको र अब स्मार्ट वाच पनि ल्याएको´ बताए। सूपथ मूल्यमा उच्चस्तरका विभिन्न फिचरहरु भएको स्मार्टवाचले नेपालीहरुलाई आकर्षित गर्नेछ।

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..