काभ्रे – जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । दुर्घटना न्यूनिकरणका लागि कार्यालयले विद्यालयका विद्यार्थीहरुलाई पनि ट्राफिक नियमबारे जानकारी गराउँदै आएको छ ।

जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ९ मा रहेको करथरी माध्यमिक विद्यालयका विद्यार्थीलाई मंगलबार ट्राफिक नियमका बारे कक्षा सञ्चालन गरेको हो । ट्राफिक कक्षामा शिक्षकले समेत सहभागीता जनाएका थिए । विद्यार्थी र शिक्षकहरुसंग ट्राफिक नियमका बारे परामर्श समेत गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिनु भयो ।

ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत प्रहरी नायव निरीक्षक चन्द्र कुमार फाँजु श्रेष्ठको नेतृत्वको टोलीले करथरी माध्यमिक बिद्यालयको कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धि सचेतना कक्षा सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..