प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८
समय: १९:५९:१४
काभ्रेपलान्चोक – समाजसेवी स्वेता श्रेष्ठले लामो समय देखी स्वेता ब्लड डोनेसन अभियान सञ्चालन गरिरहेकी छिन् । विश्व भरि कोरोनाको माहामारीका वेला कोही पनि ब्लडको अभावमा ज्यान गुमाउन नपरोस भन्ने उदेश्य लिएर सञ्चालन गरेको ब्लड अभियानले हाल सम्म झण्डै १५ सय भन्दा बढी पिण्ड संकलन गरिसकेको छ । पछिल्लो पटक महिला हिसां अत्यको १६ दिने अभियान देशभर सञचालन भईरहेका वेला हरेक दिन स्वेता ब्लड अभियानको आयोजना हुदै आएको छ ।
अभियान बसन्तपुर डबली, चावहिल, बौद्ध स्तुप परिषर, हनुमानढोका दरवार क्षेत्र लगायत विभिन्न स्थानहरुमा स्वेताले ब्लड डोनेट अभियान कार्यक्रमहरु संचालन गरिरहेकी छिन् । रक्तदान जिवनदान भन्ने मुलनारा लिएर स्वस्फुर्त रुपमा संचालन गरिएको अभियानलाई सबैले सक्दो सहयोग गरिदिन हुन समेत अनुरोध गरेकी छिन् ।
तपाईको प्रतिक्रिया
खाना, नाना र छाना बिहिनहरुको साथमा नव क्षितिज …. #nawa #kshitiz