काभ्रेपलान्चोक – ‘खोजी मौलिकताको अभियान सम्बृद्धिकाे’ भन्ने नाराका साथ हिन्दु युवा संघले गत मंसिर ४ गते शनिबार बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारा मन्दिरमा पञ्चगव्य आयुर्वेद अध्ययन तथा अनुसन्धान केन्द्रको शिलान्यास गरेको छ ।

गोरक्षनाथ मठका प्रमुख महन्त श्री श्रीषनाथज्यूको प्रमुख आतिथ्यतामा विश्व हिन्दू युवा संघका सद्भावना दुत तथा अध्ययन केन्द्रका संकल्पकर्ता श्री पिताम्बर ज्यूको संयोजनमा बृहत धर्मसभा गरी अनुसन्धान केन्द्रको शिलान्यास गरिएको हो ।

गाई र गाँजाबाट सम्बृद्धी संभावना छ भनेर संघले गाईबाट प्राप्त हुने गोवर, दूध, मूत्र, दहि र घ्युबाट औषधी बनाएर पञ्चगव्य उपचार पद्धति मार्फत स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन गर्ने गुरुयोजना सुरु गरेको हो । कार्यक्रममा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला, गव्यसिद्ध डा.नरेन्द्र हमाल साथै युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहको सभापित्वमा ठाकुरद्वारा मन्दिरमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा शिक्षाविद् कोइरालाले सल्यानमा रैथाने विश्वविद्ययालय खोल्ने घोषणा गरेका छन् । विश्वविद्यालयका लागि सल्यान जिल्ला शारदा नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराउने पत्राचार समेत गरिसकेको छ ।

योगि पिताम्बरले बर्दिया जिल्लामा आठ वटा गौशाला निर्माणको लागि आवश्यक प्रक्रिया अघि बढाएको बताए । यस्तै, कोठियाघाटमा गोरक्षनाथ धामको समेत शिलान्यास गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय गौ–शाला संरक्षण समितीका संयोजक बाबा योगिराज, गव्यसिद्ध प्रेम आर्य, चितवन अध्यक्ष श्याम पौडेल, ठाकुरबाबा मन्दिर व्यस्थापन तथा विकास समितिका अध्यक्ष रुद्र बहादुर खड्का, नेकपा नगर सभापति जय बहादुर बम, नेकपा नगर अध्यक्ष जीवन कुमार शाही, बागिश्वरी अध्यात्मिक परिषद तथा योगी नरहरिनाथ गुरुकुलमका कोषाध्यक्ष कमल मल्ल, कृष्ण प्रसाद वाग्ले लगायत धार्मिक वक्ताहरुले अभियान सम्पन्न गर्न तत्पर रहने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

सो कार्यक्रममा विश्व हिन्दु युवा संघ, विश्व हिन्दु सिंह गण, विश्व हिन्दु बाल क्लब सँगै युवा संघ जिल्ला अध्यक्ष सहित विभिन्न जिल्लाका धार्मिक अभियान्ताहरुको बाक्लो उपस्तिथि थियो ।

संघका अध्यक्ष ऋषिकेशले अब गाई र गाँजाले देश सम्बृद्धि हुने, पञ्चगव्य उत्पादनले उपचार पद्धति देशव्यापी रुपमा अघि बढ्ने कुरामा संघ डटेर लाग्ने बताए । कार्यक्रमको सञ्चालन संघका मुख्य प्रवक्ता राजानन्द माण्डव्यले गरेका थिए ।

तपाईको प्रतिक्रिया

नैतिक व्यावहारिक तथा व्यवसायी शिक्षा प्रदान गर्दै बेलर| गुणस्तरीय शिक्षाका लागि बेलर हेर्नुस् भिडियो