काभ्रेपलान्चोक – नेपालगञ्ज विमानस्थलमा बँदेलसँग ठोकिएर सीता एयरको जहाज दुर्घटना भएको छ । मंगलबार बिहान नेपालगञ्जबाट हुम्लाको सिमिकोट उड्न लागेको जहाज धावनमार्गमा गुड्दै गर्दा बँदेलसँग ठोकिन पुग्दा दुर्घटनामा परेको हो । दुर्घटनाबाट जहाजको अगाडिपट्टीको भागमा प्वाल परेको र धावनमार्गमै रोकिएको नेपालगञ्ज विमानस्थलले जानकारी दिएको छ । यद्यपि, सो दुर्घटनाबाट कुनै मानवीय क्षति भने नभएको विमानस्थलले जनाएको छ । विमानमा चालकदलसहित १४ जना यात्रु र करिव ९० केजी कार्गो रहेको थियो । अहिले विमान धावनमार्गबाट हटाउने काम भईरहेको छ भने विमानस्थल बन्द गरिएको छ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..