चलचित्र विकास बोर्डका समितिको टिमलाई परिचयपत्र वितरण

# चलचित्र विकास बोर्डका समितिको टिमलाई परिचयपत्र वितरण
काभ्रे प्रेस
काभ्रे प्रेस || शनिबार, पुष १९, २०८२
चलचित्र विकास बोर्डका समितिको टिमलाई परिचयपत्र वितरण
email sharing button
sharethis sharing button

काठमडौं,
पुस १९ ।

चलचित्र विकास बोर्डबाट गठित १५ वटा विभिन्न समितिका संयोजक, सदस्य, सदस्य-सचिव तथा सहयोगी अधिकृतहरूलाई परिचयपत्र प्रदान गरिएको छ । बोर्डबाट गठित छात्रवृत्ति छनोट सिफारिस समिति, बक्स अफिस प्रणाली कार्यान्वयन तथा अनुगमन समिति, चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन समिति, आर्थिक सहयोग सिफारिस समिति, महिला चलचित्रकर्मी सशक्तिकरण समिति, चलचित्र प्रदर्शन अनुगमन समिति, कथा सङ्ग्रहालय (स्टोरी बैङ्क) मूल्याङ्कन तथा छनोट समिति, मोफसलका चलचित्र मूल्यांकन तथा छनोट समिति, कार्यविधि मस्यौदा समिति, चलचित्रघरको स्तरोन्नति तथा प्रोत्साहन मूल्याङ्कन समिति, प्रकाशन तथा प्रचार प्रसार समिति, चलचित्रको डिजिटाइजेशन सिफारिस समिति, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति, चलचित्रकर्मी छायाङ्कन अवधिको बीमा कार्यक्रम सञ्चालन समिति तथा चलचित्रकर्मी कल्याणकोष सञ्चालन समिति का सदस्यहरूलाई परिचयपत्र प्रदान गरिएको हो ।

बिज्ञापन

परिचयपत्र वितरणपछि बोर्ड अध्यक्ष दिनेश डिसीले समितिहरूको भूमिका नेपाली चलचित्र क्षेत्रको संस्थागत विकास, पारदर्शिता र व्यावसायिक सुदृढीकरणका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । ‘चलचित्रकर्मीहरू नै नेपाली चलचित्र उद्योगको मेरुदण्ड हुन् । उनीहरूको सिर्जना, श्रम र समर्पणलाई सम्मान र संरक्षण गर्नु बोर्डको प्राथमिक दायित्व हो । यसै उद्देश्यका साथ गठन गरिएका यी समितिहरूले छात्रवृत्ति, बीमा, कल्याणकोष, प्रवर्द्धन र डिजिटाइजेशनजस्ता विषयमा निष्पक्ष र प्रभावकारी निर्णय लिने विश्वास लिएको छु । समितिहरू सक्रिय बने नेपाली चलचित्रकर्मीले अवसर, सुरक्षा र सम्मान एकसाथ महसुस गर्ने वातावरण तयार हुनेछ र नेपाली चलचित्र उद्योग अझ आत्मनिर्भर तथा गर्व गर्न लायक बन्दै जानेछ,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा बोर्ड सदस्यहरू, समितिका संयोजक तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो । परिचयपत्र वितरणसँगै समितिहरू औपचारिक रूपमा क्रियाशील हुने र यसले नेपाली चलचित्र क्षेत्रको नीति निर्माण, प्रवर्द्धन, संरक्षण तथा चलचित्रकर्मी कल्याणसम्बन्धी कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास चलचित्र विकास बोर्डले व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट

छुटाउनु भयो र ! ?

up