काभ्रेपलान्चोक – नेकपा एमाले बनेपा नगर कमिटीले राम्रो अभ्यासको सुरुवात गरेको छ । काभ्रे जिल्लाको अरु पार्टीको तुलनामा नेकपा एमाले बनेपा नगर कमिटीले उदाहरणी काम गरेको हो ।
कार्तिक ९ गते सम्पन्न भएको बनेपा नगर अधिबेशनका लागि राखिएको एमालेको झण्डा, ब्याजर, ध्वाजा पत नगर अध्यक्ष रत्न कुश रंन्जित र उपाध्यक्ष नवराज मानन्धरको टोलिले हटाइएको छ ।
दुईदिन अघि आफ्नो अधिवेशनमा राखिएका प्रचार सामग्री हटाएर एमालेले राजनीतिक संस्कारको सुरुवात गरेको छ । आज बनेपाको तीन दोबाटो देखी चारदोबाटोसम्म राखिएका सबै प्रचार सामग्री हटाइएको बनेपा नगर कमिटीका अध्यक्ष रत्न कुश रन्जितले काभ्रे प्रेस लाई जानकारी दिनु भयो ।
बनेपा नगर अधिबेशन भव्य रुपमा सम्पन्न भएको उपाध्यक्ष नवराज मानन्धरले बताउनु भयो । उहाँले भन्नू भयो कार्यक्रमको भोलि पल्टै प्रचार सामग्री हटाउने हाम्रो योजना थियो । तर हामीले नगर अधिबेशन ९ गते राती १ बजे सम्म समय लागेको हुनाले दुई दिन पछाडी गरेका हौं ।
बनेपा नगर कमिटीका अध्यक्ष रन्जित र उपाध्यक्ष मानन्धर सहित युवाहरुको टोलिले ठाउँ ठाउँमा प्रचारका लागि राखिएका पार्टीको झण्डा, ब्याजर, ध्वाजा पतका हटाएका हुन् ।