काभ्रेपलान्चोक – विजया दशमी सकिएसंगै दशैं मनाउन गाउँघरमा पुगेका मानिसहरु उपत्यका फर्कनेको लर्को लागेको छ । काठमाडौं फर्किने मानिसहरुको संख्यामा वृद्धि भएसंगै विपी राजमार्ग र अरनिको राजमार्ग अन्तर्गतका सडकहरुमा सवारीसाधनको अत्याधिक चाप बढेको हो । जिल्लाको बनेपा,दोलालघाट,धुलिखेल, भकुण्डे, मा मानिसहरुको गाउँ बाट फर्कनेको लर्को लागेको हो । 

सवारीसाधनको अत्याधिक चाप बढेसङ्गै काभ्रेका धेरै ठाउँमा ठुला ठुला दुर्घटना बढेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे लाई ट्राफिक व्यवस्थापन गर्ने समेत कठिनाइ परेको र राजमार्ग आसपासका स्थानीय बासिन्दाहरुलाई सडक पार गर्न समेत मुस्किल परेको छ । दशैंतिहार जस्ता ठुलाठुला चाडपर्वमा मानिसहरुको आवातजावत बढी हुने भएकाले र सडक पनि ज्यादै साघुँरो भएकाले सवारीसाधनको अत्याधिक चाप पर्न गएको हो । 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..