काभ्रेपलान्चोक – गायक तथा संगितकार बिशाल काल्तानको पछिल्लो हप्ता नेपालि आधुनिक गित ” यस्तो मोड आयो बिस्तारै बिस्तारै ” बोलको गित दर्शक स्रोता माझ आएको छ ।
म्युजिक भिडियोका साथ आएको उक्त गितमा नेपालि चर्चित मोडल सुधिर श्रेष्ठ को अभिनय रहेको छ भने सुधिर लाई अभिनयमा साथ दिएकि छिन मोडल सत्यकला बम्जनले । मोडल बम्जनको शब्द रहेको यस गितमा संगित गायक आफैको रहेको छ ।
गायक तथा एरेन्जर उर्गेन दोङको एरेन्ज रहेको गितलाई मिक्सिङ दिपेश प्रधानले गरेका छन ।
गित बिशुद्द माया प्रेममा भोगेका कथालाई समेटिएको छ । नगरकोटमा छयांकन गरेको यस गित लाई अहिलेका चर्चित निर्देशक रामजि लामिछानेले गरेका छन ।

मायाको कथा अनि मायाले निम्त्याएको सकरात्मक तथा नकरात्मक असरलाई भिडियोमा देखाएको छ ।
तामाङ अनि सेलोमा चर्चित गायक तथा संगितकार बिशाल काल्तानको नेपालि भाषाको यो गित पहिलो नभएनि यो गितले नेपालि गित संगित क्षेत्रमा एउटा इंटा थप्ने काम चाहि पक्कै पनि गरेको छ ।  https://youtu.be/w0sqzvqu5q8

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..