काभ्रेपलान्चोक – भक्तपुरमा भएको खुला फुटसल प्रतियोगीमा फुटवल खेलाडिहरुलाई जर्सी बितरण गरिएको छ । काभ्रेको बनेपा नगरपालिका वडा नं. १३ साँगाका खेलाडीहरु लाई समाजसेवि रत्न कुश रंन्जितले भक्तपुर जिल्लामा चलिरहेको फुटबल प्रतियोगितामा सहभागी खेलाडीका लागि १० थान जर्सी र आर्थिक सहयोग गर्नु भएको छ । उहाँले आफ्नै स्रोतबाट जर्सी र आर्थिक सहयोग गरेको हो ।             

भक्तपुरमा Healthy Futsal द्वारा आयोजित Open tournament 2078 मा सहभागी लाई समाजसेवी रत्नकुश रंन्जितले साँगाको TEAM लाई प्रोत्साहन स्वरुप जर्सी तथा आर्थिक सहयोग गर्नु भएको छ ।

उहाँले first healthy futsal open tournament-2078 मा भाग लिए का काभ्रेली खेलाडीहरु लाई जर्सी सहयोग गर्नु भएको हो उद्घाटनमा मन्तव्य राख्नुहुँदैै युवा नेता तथा समाजसेवि रत्न कुश रंन्जितले काभ्रे जिल्लामा खेललाई व्यवसायको रुपमा अगाडि बढाइने भन्दै फुटसलको व्यवसायिक सफलताको अपेक्षा गर्नुभयो ।

रंन्जितले फुटसललाई व्यवसायिक बनाउन सबैले आवश्यक सहयोग गर्ने समेत अपिल गर्नु भएको छ । खेलाडीहरुले जर्सी पाएपछि सिकाईमा सहजता ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उक्त जर्सी वितरण कार्यक्रममा नेकपा एमाले बनेपा नगरपालिका वडा नं. १३ का अध्यक्ष राम लाल दुवाल, प्रशिक्षक राजा राम दुवालको उपस्तिथि रहेको थियो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..