
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका छन्।

सोमबार प्रदेशसभाको बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्ने क्रममा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले पदबाट राजीनामा घोषणा गरेका हुन्।

नेकपा एमालेले गत साउन ६ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको थियो। तर, प्रदेशसभामा आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि उनले विश्वासको मतको मतदानअघि नै राजीनामा दिएका हुन्।


राजीनामा घोषणा गर्नुअघि मुख्यमन्त्री बानियाँले आफ्नो करिब एक वर्षे कार्यकालमा सरकारले गरेका प्रमुख काम तथा उपलब्धिहरू २८ बुँदामा प्रस्तुत गरेका थिए।
एमालेको समर्थन फिर्तापछि बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको छ। अब प्रदेश प्रमुखले संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनेछन्।

