बनेपा हेल्थ केयर र प्रगति प्रभात एकेडेमीबीच स्वास्थ्य सेवा सम्झौता

बनेपा । बनेपा हेल्थ कियर र प्रगति प्रभात एकेडेमी विद्यालय बीच विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी समझदारीपत्र (एमओयू) सम्पन्न भएको छ।

सम्झौताअनुसार विद्यालय परिवारलाई स्वास्थ्य परामर्श, नियमित स्वास्थ्य सचेतना कार्यक्रम, आवश्यक स्वास्थ्य परीक्षण तथा गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराइने छ।

बिज्ञापन

शिक्षा र स्वास्थ्यलाई सँगसँगै अगाडि बढाउने उद्देश्यले दुवै संस्थाबीच सहकार्य गरिएको हो।

विद्यालयकी प्राचार्य सुमित्रा श्रेष्ठ ताजपुरियाले विद्यालय समुदायको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर गरिएको यस सहकार्यले विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरिन्। उनले स्वस्थ विद्यार्थी र स्वस्थ शैक्षिक वातावरण निर्माणका लागि यस्ता सहकार्य आवश्यक रहेको बताइन्।

त्यसैगरी, Banepa Health Care ले आगामी दिनमा विद्यालयसँग समन्वय गर्दै स्वास्थ्य सचेतना तथा सेवा कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।