भकुण्डेवेशी –  नमोबुद्ध नगरपालिकामा १८ बर्ष माथिका नागरिकको निशुल्क स्वास्थ्य परिक्षण सुरुवात गरिएको छ । वडा नं १ स्थित फुलबारी स्वास्थ्य चौकीमा नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा समेतको स्वास्थ्य परिक्षण गरेर कार्यक्रम शुभारम्भ गरियो । फाल्गुन २८, २९ र ३० गते नगरपालिकाका ११ वटै वडाका विभिन्न १०७ स्थानबाट स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाइएको छ ।
नसर्ने रोगको प्रकोप देखिएको भन्दै नगरपालिकाले रक्तचाप, मधुमेह (सुगर), अल्कालिन, प्रोटिन परिक्षण निशुल्क र एक बर्षसम्म निशुल्क औषधीको व्यवस्था मिलाएको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिनुभयो । नगर प्रमुख लामाले आफू निर्वाचित भएपछि गरेका प्रतिवद्धता क्रमशः पुरा गर्दै लगेको बताउनुभयो । परिक्षण गर्दा स्वास्थ्य समस्या देखिएकालाई नमोबुद्ध–४ स्थित मेथिनकोट अस्पतालबाट थप परिक्षण गरी एक बर्षसम्म औषधी समेत निशुल्क उपलव्ध गराइने स्वास्थ्य शाखा प्रमुख नवराज दाहालले जानकारी दिनुभयो । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमसंग सहकार्य गर्दै नगरपालिकाको आन्तरिक श्रोतबाट कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको तयारी छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..