
जनकपुर बोल्ट्सले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आमाहरुमाथि सम्मान अर्पण गर्नका लागि बिहीबार पोखरा एभेन्जर्सविरुद्धको खेलमा आ–आफ्नो आमाको नाम लेखिएका जर्सी लगाएर खेल्ने जानकारी दिएको हो ।


खेलपछि उक्त जर्सीहरु विक्रिका लागि अक्सनमा राखिने र त्यसबाट उठेको रकम आमा समूहरुलाई सहयोग गर्ने जनकपुर बोल्ट्सले जनाएको छ । जनकपुर बोल्ट्सका खेलाडी ललित राजबंशीले आमाप्रति सम्मान व्यक्त गर्दै बिहीबार राम्रो खेल देखाउने बताए ।
बिज्ञापन


त्यस्तै पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले आमाप्रति सम्मानका लागि गरिएको क्याम्पीयन निकै राम्रो भएको प्रतिक्रिया दिए । भुर्तेलले बिहीबार हुने खेलमा राम्रो प्रदर्शन गर्ने र नजिता आफ्नो पक्षमा पार्ने बताए ।

नेपाल प्रिमियर लिग (एनपीएल)को दोश्रो संस्करणको सुरुवाती दुई खेलमा दुवै टोलीले हार बेहोरेको छ ।


