
नेपाल पुलिस स्कुल साँगा, काभ्रेपलाञ्चोकको आयोजनामा सोही विद्यालयमा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको लिग चरण बुधबार सम्पन्न भएको छ। लिगको अन्त्यसँगै नकआउट (क्वार्टर–फाइनल) चरणमा प्रवेश गर्ने आठ टिमको टुङ्गो लागेको हो।

आयोजक नेपाल पुलिस स्कुल साँगाका दुवै टिम— एनपिएस साँगा रातो र एनपिएस साँगा निलो, नेपाल पुलिस स्कुल धरान, SOS काभ्रे, बिकटेश्वर स्कुल,सैनिक आवासीय महाविद्यालय भक्तपुर, नेपाल एपिएफ स्कुल किर्तिपुर र पिस प्वाइन्ट स्कुल क्वार्टर–फाइनलमा प्रवेश गरेका टिम हुन्।

लिग चरण समाप्तिपछि तयार भएको पोइन्ट टेबल यही आधारमा सार्वजनिक गरिएको आयोजकले जनाएको छ।


क्वार्टर–फाइनल खेल तालिका
शुक्रबारका खेल
१) समुह ‘ए’ को विजेता सैनिक आवासीय महाविद्यालय भक्तपुर
Vs
समुह ‘सी’ को उपविजेता SOS काभ्रे
२) समुह ‘बी’ को विजेता पिस प्वाइन्ट स्कुल
Vs
समुह ‘डी’ को उपविजेता एनपिएस साँगा – निलो
शनिबारका खेल
१) एनपिएस साँगा – रातो
Vs
बिकटेश्वर स्कुल
२) नेपाल पुलिस स्कुल धरान
Vs
नेपाल एपिएफ स्कुल किर्तिपुर
आयोजकका अनुसार क्वार्टर–फाइनलका सबै खेल सोही विद्यालयको खेलमैदानमा हुनेछ।


