

चैत १० गते मंगलबार
भक्तपुर/गुणस्तरीय शिक्षा प्रदान गरि आफ्नो छुट्टै पहिचान बनाउन सफल मदरल्याण्ड स्कुलले आयाेजना गरेको मदरल्याण्ड ट्यालेन्ट फेस्ट-२०८२ काे नृत्यतर्फ एप्रिल सिल्पकार र स्तुति राना मगरले उपाधी जितेका छन् भने गायनतर्फ जेसिक नेपाल र न्युराेन लाेहाेलाले उपाधी जितेका छन् ।

सूर्यविनायक नगरपालिका वडा नं ९ भातेढिकुर (बाचामारी) मा रहेको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय अवार्ड पाउन सफल विद्यालय मदरल्याण्ड स्कुलले मदरल्याण्ड प्रतिभा महोत्सव ( मदरल्याण्ड ट्यालेन्ट फेस्ट-२०८२) सुर्यविनायक नगपालिका शिक्षा शाखा प्रमुख रत्न कटवालकाे प्रमुख आतिथ्यतामा भव्यताका साथ सम्पन्न गरेको हाे ।


यहि चैत्र ८ गते आइतबार नृत्य तर्फ मदरलल्याण्ड डान्स आइकन र गायन तर्फ भ्वाइस अफ मदरल्याण्ड सिजन १ भव्य रुपमा सम्पन्न गरेको हाे ।
प्रमुख अतिथि कटवालले कार्यक्रममा आफ्नो धारणा राख्दै विद्यालयले यस्तो प्रतिभा पहिचान जस्तो कार्यक्रम अभिभावकहरुलाई उपस्थित गराई प्रस्तुतिकरण गराएकोमा प्रसंशा गर्दै विद्यालयले आयोजना गरेको यस्ता विविध कार्यक्रम विद्यार्थीका लागि लाभदायक हुने बताए ।
मदरल्याण्ड ट्यालेन्ट फेस्टमा कक्षा १ देखि ७ सम्म अध्ययनरत विद्यार्थाहरुले जुनियर र सिनियर गरी प्रतिस्पर्धा गरेका थिए । भ्वाइस आइकन अफ मदरल्याण्डको जुनियर तर्फ कक्षा ४ का जेशिक नेपाल र सिनीयर तर्फ कक्षा ५ का न्यूरोण लोहोला विजेता बन्न सफल भएका थिए । मदरल्याण्ड डान्स आइकनको जुनियर तर्फ कक्षा ३ की स्तुति राणामगर र सिनीयर तर्फ कक्षा ६ की एप्रिल शिल्पकार विजेता बन्न सफल भएका थिए ।
यस्तै जुनियर तर्फको भ्वाइस आइकन अफ मदरल्याण्डको प्रथम उपविजेता कुशल घिमिरे, द्धितीय उप विजेता सनुप दाहाल, तृतीय उपविजेता ईभा सुकुभट्टु र चौंथो उपविजेता प्रिन्स थापाले उपाधि जित्न सफल भएका थिए ।
सिनियर तर्फ भ्वाइस आइकन प्रथम उपविजेता आयन योन्जन, द्धितीय उप विजेता पूर्णिमा खत्री, तृतीय उपविजेता आयन जगं कटवाल र चौंथो उपविजेता लकिशा भण्डारीले उपाधि चुम्न सफल भएका थिए ।
नृत्य तर्फ जुनियर तर्फको मदरल्याण्ड डान्स आइकनको प्रथम उपविजेता यशिका प्रधान, द्धितीय उप विजेता रूगोशा नेपाल, तृतीय उपविजेता रियान्श बोहरा र चौंथो उपविजेता रक्षिका कासुलाले उपाधि प्राप्त गर्न सफल भएका थिए ।
नृत्य तर्फ सिनियर विधामा प्रथम उपविजेता झरणा देउवा, द्धितीय उप विजेता जेशिका श्रेष्ठ, तृतीय उपविजेता जेनिशा तामागं र चौंथो उपविजेता ऋुतु तामाङ हुन सफल भएका थिए ।
गायन र नृत्यले बालबालिकाहरुलाई खुशि बनाउने जसको कारण उनीहरुको चौतर्फी विकासमा सहयोग पुग्ने एवं निहित प्रतिभा प्रस्फुटन गरी सानै उमेर देखि आफ्नो क्षमता चिनाउने उदेश्यले “मदरल्याण्ड ट्यालेन्ट फेस्ट-२०८२” आयोजना गरिएको ईभेन्ट मेनेजर एवं सिनियर ईभेन्ट
कोरियोग्राफर सुमि वानियाले बताए । उनले सबै सहभागी प्रतिष्पर्धीहरुलाई प्रतिभा र मिहिनेतको कदर स्वरुप सवटाइटल अवार्डले सम्मान गरेको जानकारी दिइन् ।
विद्यालयकी कार्यकारी प्रमुख शर्मिला देउजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सेलिब्रेटी गेष्टको रुपमा सिनीयर डान्स कोरियोग्राफर एवं मोडल शेखर घर्तीमगर, चर्या नृत्यका प्रशिक्षक महेश प्रकाश हाडा, प्रोफेसर रामबाबु खत्री एवं गायन र नृत्य क्षत्रका विभिन्न व्यक्तित्वहरुको उपस्थितिले कार्यक्रमकाे शाेभा बढाएको थियो ।
विद्यालयका कार्यकारी प्रमुख शर्मिला देउजाले विद्यार्थीहरुमा निहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयाेजना गरिएको कार्यक्रम प्रभावकारी बन्ने बताउँदै विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिदै अतिरिक्त क्रियाकलापमा समेत विद्यालयले जाेड दिदै आएको बताए ।


