ज्योति एकेडेमीको नाला–पनौतीसम्म विद्यालय बस सेवा विस्तार

बनेपास्थित ज्योति एकेडेमीले हाल नयाँ शैक्षिक सत्र २०८३ का  थप बस सेवा सुरु गरेको छ । विद्यालयले विद्यार्थीहरूको सहज आवतजावतलाई ध्यानमा राख्दै नाला, रावी ओपी तथा पनौती क्षेत्रमा नयाँ विद्यालय बस रुट सञ्चालनमा ल्याएको जनाएको छ।

यस सेवाबाट ती क्षेत्रका विद्यार्थीहरूलाई नियमित र सुरक्षित यातायात सुविधा उपलब्ध हुने विद्यालयको विश्वास छ।

बिज्ञापन

विद्यालय प्रशासनका अनुसार गुणस्तरीय शिक्षासँगै विद्यार्थीमैत्री वातावरण, अतिरिक्त सुविधा तथा विशेष छुटसहित भर्ना प्रक्रिया अगाडि बढाइएको छ।

नयाँ बस सेवा विस्तारसँगै अभिभावक र विद्यार्थीहरूमा विद्यालयप्रति आकर्षण बढ्ने अपेक्षा गरिएको छ।