बनेपा – काभ्रेको बनेपामा मानन्धर सेवा समाज गठन भएको छ । संस्कृतिविद ज्ञानकाजी मानन्धरको प्रमुख आथित्यतामा समग्र मानन्धर समाजको हित तथा उत्थानको लागि सेवा भावनाका साथ काभ्रेका युवा मानन्धरहरु सम्मिलित भई “मानन्धर सेवा समाज, काभ्रे” गठन भएको हो । कार्यक्रमको विशिस्ट अतिथिमा निवर्तमान उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष प्रकाश मानन्धर हुनुहुन्थ्यो ।

प्रमुख अतिथि ज्ञानकाजी मानन्धरले बनेपाका सम्पुर्ण मानन्धर लाई एकै ठाउँमा देख्न पाएकोमा खुशी व्यक्त गर्दै । सम्पुर्ण लाई एक जुट भएर जुन सुकै क्षेत्रमा पनि अगाडि बढन आग्रह गर्नु भएको छ ।
अहिलेका युवा पुस्ताले निकै जाने बुझेको हुनाले एक मानन्धरले अर्को मानन्धर लाई दुख सुखमा साथ दिन आग्रह गर्नु भएको छ ।

उक्त भेलाले नवराज मानन्धरको अध्यक्षतामा मानन्धर सेवा समाज, काभ्रे” गठन गरेको छ । भेलाले अध्यक्षमा नवराज मानन्धर,उपाध्यक्ष रोशन मानन्धर, कोषाध्यक्षमा सुदर्शन मानन्धर, सचिवमा विजय मानन्धर, सदस्यमा विजय लक्ष्मी मानन्धर, सदस्यमा रोजी मानन्धर,सदस्य श्याम कृष्ण मानन्धर चयन भएका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष नवराज मानन्धरले भन्नू भएको `पछिल्लो समयमा मानन्धर समुदाय निकै पछाडी परेको कुरा उल्लेख गर्दै अब बनेपाका मानन्धर जति एक जुट भएर जुन सुकै क्षेत्रमा पनि अगाडि बढन र सबै मानन्धरले एकले अर्को लाई साथ सहयोग गर्ने बताउनु भएको छ´ । बनेपाका मानन्धर समुदाय कुनै पनि क्षेत्रमा अब पछाडी नपर्ने र समग्र मानन्धर समुदायको बिकास बनेपाको बिकासका  लागि पर्ने जानकारी दिनु भयो । 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..