व्यापारमा पनि सुधार आउनेछ । यात्राको क्रममा लाभ मिल्नेछ । सन्तानबाट पनि सुख पाइनेछ । मनमा रहेको डर हटेर काममा उत्साह बढ्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला, दिन सामान्य नै छ । अनुकूल यात्राको सम्भावना छ । पठन पाठन सामान्य रहला, फुर्सदिलो समय छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
स्वास्थ्यमा अचानक गडबडीको संकेत गर्दै छ, त्यसले गर्दा रुपैँया पैसाको हानी हुन सक्छ । धेरै श्रम गरेपनि कामको कम मूल्याङ्कन हुनेछ । भएको आम्दानी र सञ्चित रकम पनि खर्च गर्नुपर्ला । हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पढाइमा सफलता पाउने, आफन्तहरुको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्ने छ । खर्च बढ्ने र स्वास्थ्य कमजोर भइ काममा अवरोध आउनेछ । कुरा काट्नेहरु बढ्ने छन्, सावधान रहनु होला । नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आज तपाइको खर्च भन्दा कमाइ नै बढी हुने योग छ । छर छिमेकबाट सर सहयोग प्राप्त होला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । काम र व्यापारमा पनि फाइदा हुनेछ । सोच्ने शक्ति बढ्ने छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्ने छन् । अन्न तथा धनको पनि वृद्धि हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
नयाँ तथा थालेका कामहरु सहजै बन्न सक्ने दिन छ । काम गर्न मन जानाले चिताएको काम सहजै बन्ला । आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुने छ । परिश्रमले धेरै काम बन्नेछन् । धनपनि मनग्य कमाउनु होला । साथै, भाग्य पनि बलियो छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आगो तथा हात हतियारबाट एकदमै सावधान रहनु होला । आज तपाइको कुरा काट्नेहरु सक्रिय रहने छन् । पति पत्नीबीच घर सल्लाह नमिल्न सक्छ साथै आर्थिक संकट पनि होला । अनावश्यक रुपमा कसैसंग झै झगडा हुन सक्छ, साथै यात्रामा पनि सावधान रहनु होला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
जागिरमा आज अनावश्यक झमेलाको सामना गर्नुपर्ने दिन छ । कसैबाट अपमानित पनि भइएला । कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि बढ्नेछ । मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन् । नसोचेको सम्मान मिल्ने दिन छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्ष उल्लास छाउला । पढाइमा भनि खासै प्रगति हुने छैन । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । आफन्तुसँग भेटघाट होला । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिल्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । कुरा काट्नेहरुको मुखबन्ध हुनेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक तथा ब्यापारिक काम काजमा फाइदा होला । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला । मनमा पिडाले डेरा जमाइ शरिरमा रोग लाग्न सक्छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोट पटकको भय पनि छ, होस पुर्याउनु होला । हात हतियारको प्रयोग गर्दा सचेत रहनुहोला, निको भएको रोगले सताउन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
महत्वपूर्ण काम धेरै बन्नेछन् । लगनशिलता र इमान्दारिताको प्रशंसा गर्नेहरु पाइएलान, मनमा शान्ति छाउनेछ । परिवारसँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि सम्भावना छ, संगीत सिक्नमा मन जाला । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ, वित्तादी लाभ होला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुने संकेत छ । ब्यापार, कृषि तथा बैदेशिक क्षेत्रमा दिन एकदमै राम्रो छ । आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । अरुको विश्वास जित्न सजिलै सकिनेछ । धन मान पाउने योग छ, गरेको कामबाट फाइदा नै हुनेछ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..